ghar sansar

भारतको पञ्जालमा अलपत्र कञ्चनपुरकी १६ वर्षिया किशोरीको उद्धार

little buddha academy
khasi

महेन्द्रनगर । भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ। कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको छ ।

भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुनःस्थापना गृह कपिलवस्तुले जनाएको छ ।

,orning glory badhai

किशोरीलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । गृहका केन्द्रीय समितिका संयोजक भट्टराईका अनुसार ती किशोरी २०७९ मङ्सिरमा घरबाट हराएकी थिइन ।

dirghayi clinic

गत जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएको शान्ति पुनःस्थापना गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापना गृहमा सुरक्षित रूपमा राखिएको कृष्णनगरकी संयोजक वसन्ती जिसीले बताइन् ।

रोजगारीको प्रलोभनमा परेर पञ्जाब पुगेकी उनको उद्धार गरिएको जिसीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले किशोरीलाई घर फर्काउन आग्रह गरेको थियो ।

आफ्नो अथक प्रयास र प्रहरी प्रशासनलगायतको समन्वयमा राधिकालाई नेपाल फर्काउन सफल भएको संयोजक भूमि भट्टराईले बताए ।

Himal dental
सम्बन्धित
Loading...