ghar sansar

शुक्लाफाँटाको कलुवापुर बजारमा अतिक्रमित संरचना हटाउन थालिए

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक सूचना अनुसार संरचना दिएको तीन दिनको म्याद पूरा भएपछि आफैंले हटाउन थालेको छ । नगरपालिकाले प्रशासन कार्यालयमा बैठक गरी बुधबारसम्म कलुवापु बजारमा सार्वजनिक अतित्र,मण गरी बनाइएका संरचना हटाउन सार्वजनिक सूचना गरेको थियो ।

शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महरा विहान आफैं नगरपालिकाको टोली सहित डोजर लगेर कलुवापुर पुगेपछि संंरचना हटाउन थालिएको हो । नगरपालिकाले बजारको दुबैतर्फ सडक क्षेत्रभित्र पर्ने संरचना समेत हटाइरहेको छ।

,orning glory badhai
dirghayi clinic

पूर्वाधार विकास कार्यालय कञ्चनपुरले सडक निर्माण गरेपनि नाली नबनाउँदा कलुवापुर बजार डुबानमा पर्दै आएको थियो। पूर्वाधार कार्यालयले सडक बनाउँदा ह्युम पाइप पुरि दिएपछि बजार डुबनामा परेको थियो ।

शुक्लाफाँटा मेयर महराले संरचना हाएर दुबैतिर अस्थायी नाली बनाएर निकास गरिएको बताए । ‘अहिले दुबैतर्फ अस्थायी नाली निर्माण गरिरहेका छौं, सडक क्षेत्रमा पर्ने संरचना पनि हटाइरहेका छौं,’ उनले भने, ‘दिर्घकालीन समस्या समाधानका लागि पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्नेछ ।’

बिहीबार नगर प्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पना जोशी पन्त, वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्ट, वडा नं. ८ का अध्यक्ष बहादुर सिंह महरा, वडा नं. ९ का रमेशबहादुर ऐर, प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रसाद भट्ट, इन्जिनियर दिपक धामीलगायतको टोली जेसिबीसहित कलुवापुर बजारमा पुगेको थियो ।

स्थानीयको सहमतिमा नाली निर्माण र सडक क्षेत्रमा पर्ने संरचना हटाएको नगरपालिकाको दावी छ ।

Himal dental
सम्बन्धित
Loading...