ghar sansar

सुन तस्करी प्रकरणमा गृह र अर्थ मन्त्रीको राजीनामा माग गर्ने काँग्रेस साँसद पक्राउ

महेन्द्रनगर । सुन तस्करी प्रकरणमा गृहमन्त्र र अर्थ मन्त्रीको राजीनामा माग्ने सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा आज पक्राउ परेका छन् ।

नेपाल प्रहरी उच्च श्रोतका अनुसार डाक्टरी पढ्दा प्लस टुको नक्कली सर्टिफिकेट बनाएको आरोपमा उनलाई सिआइबीले पक्राउ गरेको हो । उनलाई काठमाडौँको गल्फुटारस्थित निवासबाटै पक्राउ गरेको जनाइएको छ ।

उनले केही अघि सुन तस्करी प्रकरणमा संसदमै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतको राजीनामा माग्दै अनुसन्धान गर्नुपर्ने पनि बताएका थिए ।

शर्मालाई सिआइबीले पक्राउ गरेको जानकारी दिँदै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारमाथि प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्, ’केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआइबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्विकृति दिएका हुन् ? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् ।’

Himal dental
सम्बन्धित
Loading...