ghar sansar

कलुवापुरमा त्यसै डराएर बसेका रहेछन् महरा

Amity

महेन्द्रनगर । ‘तीन पटक जेसिभी लिएर गए, काम हुन दिएन, पूर्वाधार बनाउने ठेक्का सडकले दिएको हो, जम्मै काम हामीले गरि दिनु पर्ने, त्यो कार्यालयमा हाकिम छन्, पहल गर्नु पर्दैन,अहिलेसम्म रेखाङ्कनसम्म गरिएको छैन ।’

शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले तीन दिन अघि कार्यालयमा गरिएको सार्वजनिक सुनुवाईमा कलुवापुर बजारको पानी निकास रोकिएपछि उत्पन्न समस्याबारे असन्तुष्टि पोखेका थिए । 

lotus institite

उनको अभिव्यक्तिले कलुवापुरका अतिक्रमित संरचना उनी ठूलो समस्या झेलि रहेको संकेत गथ्र्यो ।

मेयर महराले कार्यक्रममा असन्तुष्टि पोखेको दिन कलुवापुर बजारका अतिक्रमति संरचना हटाउने अल्टिमेटमको अन्तिम दिन थियो । उनी आफैंले पनि अतिक्रमित संरचना हटाउन प्रशासन कार्यालयमा छलफल गरी सूचना गरिएको भन्दै अन्तिम दिन भएको उल्लेख गरेका थिए ।

कलुवापुर बेलौरी सडक सडक खण्डमा पर्ने कलुवापुर बजारमा पानी निकासका लागि वर्षौ अघि राखिएका दुई ह्युप पाइप र नाली पुरिएपछि डुबान भएको हो । पूर्वाधार कार्यालयले सडक विस्तारका क्रममा ह्युप पाइप पुरि दिएको थियो । स्थानीयले ह्युप पाइप भएर बग्ने पानीको निकास हुने नालीको मुख थुनि दिएपछि समस्या उब्जिएको थियो ।

बर्खा याम सुरु भएपछि पानी जमेर सडकमा आवतजावत गर्न समस्या भएपछि पुरिएका ह्युमपाइल र निकासको खोजी गरिएको थियो । स्थानीयले नगरपालिकालाई निकासका लागि दबाव दिएका थिए ।

‘पहिला ह्युम पाइप थियो, त्यो विरेन्द्र होटलको अगाडि नाली थियो त्यही नाली भएर पानीको निकाुस थियो’ स्थानीय जय बहादुर विष्टले भने,‘ह्युम पाइप पुरिए, नाली पनि पुरिए, गाउँलेले नालीबाट फोहर आएको भन्दै निकास थुनि दिएपछि पानी यहाँ जम्मा भएको हो ।’

सडक प्रवेशमै टन्न पानी जमेर पोखरी बनेपछि स्थानीय, सवारी, साधन र पैदल यात्रु सबैलाई समस्या परेको विष्टले बताए । ‘अस्ति त दुई जना महिला यो पोखरीमा लडेर झण्डै लडि सकेको, कसरी पो बचे छन्’ उनले भने ।

तीन पटक त्यसै फर्किए, चौथो पटक हटाए

शुक्लाफाँटाका मेयर महराले सार्वजनिक सुनुवाईमा असन्तुष्टि पोखेको दोस्रो दिन बिहीबार भने कलुवापुरमा डोजर लगेर अतिक्रमित संरचना हटाएका छन् । अतिक्रमित संरचना हटाउन उनले स्थानीयको साथ पाएका छन् । सबै स्थानीयले अवरोध विना संरचना हटाउन दिएका छन् ।

तीन पटक डोजर लगेर पुगेका मेयर महरालाई जनप्रतिनिधि, सुरक्षाकर्मी र कर्मचारी सहित त्यहाँ पुगेका थिए । अतिक्रमण हटाउन वडा अध्यक्ष शेर बहादुर साउँद भने देखिएका छैन्न । उनी काठमाडौं भएकाले त्यहाँ नदेखिएको स्थानीले बताए ।

शुक्लाफाँटा मेयर महराले संरचना हाएर दुबैतिर अस्थायी नाली बनाएर निकास गरिएको बताए । ‘अहिले दुबैतर्फ अस्थायी नाली निर्माण गरिरहेका छौं, सडक क्षेत्रमा पर्ने संरचना पनि हटाइरहेका छौं,’ उनले भने, ‘दिर्घकालीन समस्या समाधानका लागि पूर्वाधार विकास कार्यालयले नाली निर्माण गर्नेछ ।’

व्यवसायी भन्छन्– हामीलाई टेर्दै नटेरेपछि फर्केर जानु भयो

नगरापालिकाको सार्वजनिक सुनुवाईमा मेयर महराले असन्तुष्टि पोखेपछि व्यवसायीहरुसित कुरा गर्दा उनीहरुले आफूहरु सडक विस्तार, ढल निकासको विरोधी नभएको बताएका थिए । शुक्लाफाँटाका नगरपालिकाले आफूहरुसित समन्वय नगरी डोजर लिएर आएकोमा उनीहरुको असन्तुष्टि थियो ।

कलुवापुर बजारका व्यवसायी नवराज अवस्थीले अतिक्रमित संरचना हटाउने अवरोध गर्ने आफूहरुको कुनै चाहना नभएको बताएका थिए ।

‘हो, मेयर साप तीन पटक डोजर लिएर आउनु भएको थियो, आउनु भयो, फर्केर जानु भो’ उनले भनेका थिए,‘हामीले अवरोध गरेका होइन, कम्तिमा हामीसित छलफल र समन्वय त गर्नु पर्छ नि, हामी पनि जनता हो, हामीलाई मतलब नै नगरी भत्काउने कुरा त हुँदैन होला ।’

अर्का व्यवसायी विष्टले नगरपालिकाले अतिक्रमित संरचना खाली गर्ने विषयमा अहिलेसम्म कुनै सल्लाह नगरेको बताएका थिए ।

विष्ट २०७४ को चुनावमा मेयर महराको पार्टी एमालेबाट वडा सदस्य निर्वाचित भएका थिए । सडक विस्तारका क्रममा उनी आफैंले पनि आफ्नो खोका हटाएका थिए ।

उनले सार्वजनिक जमिन अतिक्रमित गर्ने कसैको पनि चाहना नभएको तर नगरपालिकाले सबैलाई समान व्यवहार गर्नु पर्ने बताएका थिए ।

मेयर महरा र उप मेयर कल्पना जोशी पन्तले आफूहरुको कुरा सुन्न नचाहको उनीहरुको गुनासो थियो ।
उप मेयर पन्त सोही वडाकी वासिन्दा हुन् । उनले नालीको निकास रोक्ने केही स्थानीयलाई साथ दिएको उनीहरुको आरोप छ । ह्युप पाइप आउने पानी निकासका लागि बनाइएको नालीलाई बजार दक्षिण पश्चिमका केही स्थानीयले थुनि दिएका छन् । उनहरुलाइृ उप मेयर पन्तले साथ दिएको स्थानीयकोृ भनाई थियो ।

उप मेयरसित स्थानीयका गुनासै गुनासा

स्थानीय उप मेयर पन्तले पानी निकासको कुरा गर्दा झर्केर बोल्ने गरेको गुनासो गरे । उनीहरुले उप मेयर पन्तले केही स्थानीयलाई बोकेर व्यवसायीको कुरा सुन्न नचाहेको बताएका थिए ।

उप मेयर पन्त, कुलुवापुर बस्दै आएका शुक्लाफाँटा नगरपालिका १ का वडा अध्यक्ष उत्तरदेव भट्टको मात्रै कुरा सुनेर मेयरले आफूहरुसित समन्वय नगरेको उनीहरुको भनाई थियो । उनीहरुले मेयर महरालाई खोका हटाउन र सडक किनारमा बनेका पक्की संरचना हटाउन गलत सल्लाह दिने गरेको उनीहरुको आशंका थियो ।
उप मेयर पन्त निकास हुने रोक्न स्थानीयको पक्षमा भएकाले उनी बजारका अन्य व्यवसायीसित बोल्न नचाहको व्यवसायीहरुको भनाई थियो ।

बजारको दक्षिण पश्चिम झण्डै ४० मिटर दुरीमा नालीको मुख थुनिएको छ । नालीको मुख थुनिएपछि पानी निकास बन्द भएको हो । स्थानीयले नाली निकास खोल्नका लागि नगरपालिकालाई दबाव दिँदै आएका छन् ।

वडा अध्यक्ष बाहिर छन्, अर्को वडाका छन् सक्रिय 

कलुवापुर अतिक्रम हटाउन शुक्लाफाँटा नगरपालिका १ का वडा अध्यक्ष उत्तरदेब भट्ट सक्रिय रुपमा लागेका छन् । उनी प्रशासन कार्यालयका छलफलदेखि बिहीबार अतिक्रमित संरचना हटाउन मेयर महरासंगै कलुवापुर पुगेका छन् ।

शुक्लाफाँटा १ का अध्यक्ष भट्ट आफू पनि कलुवापुर बस्दै आएका छन् । उप मेयर पन्त र वडा अध्यक्ष सहितले बुधबार प्रशासन कार्यालय आएर छलफल गरेका थिए । त्यसपछि तीन दिने सूचना लगाएर हटाउने अल्टिमेट दिइएको थियो ।

शुक्लाफाँटा १ का अध्यक्ष भट्ट एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् । उनी यस अघि २०७४ मा वडा सदस्य थिए । २०७४ मा यस वडाबाट एमालेको प्यानल निर्वाचित भएको थियो । अहिले काँग्रेस नेता शेर बहदुर साउँदको प्यानल वडामा निर्वाचित छ ।

काठमाडौंमा भएका साउँद बिहीबार अतिक्रमण हटाउन कार्यमा अनुपस्थित भउका छन् । स्थानीयले अध्यक्ष साउँदले पनि अतिक्रमण हटाउन चासो नदेखाएको बताएका थिए । ‘वडा अध्यक्षलाई आफ्नै समस्या छ, यो डुबान, अतिक्रमणको समस्या हेर्न फुर्सद नै छैन’ स्थानीयले भने,‘काठमाडौंमा फर्केपछि हेर्नु हुन्छ कि ।’

शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य शाखामा समायोजन भएर आएका कर्मचारीलाई तलब नदिने भएपछि वडा अध्यक्ष तनावमा परेको उनीहरु बताउँछन् । वडा अध्यक्ष साउँदकी धर्मपत्नि स्वास्थ्य शाखाका कर्मचारी हुन् । आफैं कार्यपालिका सदस्य भएको नगरपालिकामा पत्निले तलब नपाउने भएपछि उनी तनावमा छन् ।

वडा अध्यक्ष साउँद काठमार्डाै भएको बेला वडा नं. १ का अध्यक्ष भट्टले आफ्नो प्रभाव बढाउन सक्रिय भएर लागेका छन् । स्थानीयले भट्ट जसरी पनि खोका र पक्की घर भत्काउने पक्षमा देखिएको बताउँछन् । स्थानीय भने सडकलाई चाहिने बाहेक अन्य जमिन एक इन्च पनि भत्काउन नदिने बताउँछन् ।

मेयर महरासित पनि भट्ट असन्तुष्ट भएको एमाले नेताहरु बताउँछन् । महराले नगर प्रवक्ता नबनाएपछि उनी असन्तुष्ट बनेका छन् ।

के हो ह्युम पाइप विवाद ?

पूर्वाधार विकास कार्यालयले दुई वर्ष अघि सडक विस्तारको काम सुरु भएपछि पानी निकासका लागि बनाइएका दुई ओटा ह्युम पाइप पुरिएका छन् । बजार क्षेत्रको पश्चिम भएर आउने पानी ह्युम पाइप भएर नालीबाट निकास हुने गरेको थियो । पूर्वाधार कार्यालयले ह्युप पाइप पुरि दिएपछि निकास रोकिएको हो ।

त्यस बाहेक ह्युम पाइप भएर जाने नाली हुँदै निकास पानी पनि स्थानीयले नालीको मुख बन्द गरेपछि रोकिएको हो । बजारको विरेन्द्र होटेल अगाडिको क्षेत्रमा पानी निकासका लागि नाली बनाईएको छ ।

कलुवापुर बेलौरी सडक निर्माणका चार दशक अघि पानी निकासका लागि ह्युम पाइप राखिएको थियो । पूर्वाधार विकास कार्यालयले सडक विस्तारका लागि खनेको एक वर्षपछि माटोले पुरि दिएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...