युवा संघको बन्द सत्रमा लफडा, हात हालाहाल, कुर्ची तोडफोड

महेन्द्रनगर । शुक्रबार राति स्थगित गरिएको राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अविधेशनको बन्द सत्र अहिले दिउँसोसम्म सञ्चालन हुन सकेको छैन । कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा उद्घाटन सत्रमा अध्यक्ष मण्डल र प्रतिनिधिको विषयमा विवाद भएपछि स्थगित गरिएको थियो ।

विहान ११ सुरु हुने भनिएको बन्द सत्र अहिलेससम्म सुरु नभएपछि प्रतिनिधि एमाले पार्टी कार्यालय र कार्यालय बाहिर प्रतिक्षमा बसेका छन् । बन्द सत्र सञ्चालनका लागि पार्टी र युवा संघका नेताहरु विहानैदेखि पोलिट्ब्युरो सदस्य युवा फाँट इन्चार्ज महेश वस्नेतसित छलफल गरि रहेका छन् ।

युवा संघका नेताहरुका अनुसार शुक्रबार राति बन्द सत्र सुरु भएर अध्यक्ष मण्डल घोषणा हुन अघि नै असन्तुष्टि पोखेपछि हलमा विवाद भएको थियो । त्यहीं विवादका बीच प्रतिनिधिबीच एक आपशमा हात हालाहाल भएको छ । उनीहरुले सभा हलका केही कुर्ची तोडफोड गरेका छन् । बाणिज्य संघका अनुसार संघका ५÷६ ओटा कुर्सी तोडफोड गरिएका छन् ।

एमाले पोलिटब्युरो सदस्य वस्नेतले दिउँसो अधिवेशन उद्घाटन गरेपछि शुक्रबार साँझ ७ बजे बन्द सत्र सुरु गर्ने कार्य तालिका थियो । त्यस अनुसार हुन नसकेको बन्द सत्र केही ढिलो गरी सुरु गरिएको थियो ।

बन्द सत्रमा विवाद भएपछि प्रतिनिधिले आयोजक कमिटीका सदस्य खगेन्द्र नाथमाथि हातपात गरेका छन् । उनले अध्यक्ष मण्डलका संयोजक संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ्ग सहितमाथि हातपात गर्न खोज्ने क्रममा आफूले रोक्दा हातपात गरिएको बताए । ‘अध्यक्ष मण्डलमाथि हातपात हुने भएपछि मैले रोक्न खोज्दा ममाथि नै हातपात गरियो’ उनले भने ।

नाथ लगायत युवा संघका नेता राति भएको घट्नाको पोलिटब्युरो सदस्य महेश वस्नेतलाई जानकारी गराएर कारवाही गर्न माग गरेका छन् । वस्नेतले संलग्न सबैलाई युवा संघबाट कारवाही गरिने आश्वासन दिएका छन् ।

सम्बन्धित
Loading...