ghar sansar

भीमदत्त राजमार्ग सञ्चालन नहुँदा गाडीभित्रै कुहियो लाखौंको तरकारी

Amity

डिल्लीराज पन्त
महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिका –४ बुढितोलामा गत सोमवार राति गोदावारी–बुढितोला सडक खण्डको विभिन्न क्षेत्रमा आएको पहिरोले सडक क्षत विक्षत भएपछि पहाडी क्षेत्रबाट आएको तरकारी कुहिएर काम नलाग्ने भएको छ । पहाडी क्षेत्रबाट गाडी ल्याइएको लाखौको तरकारी सडक आवामगन बन्द भएर गाडीभित्र कुहिएको छ ।

सडक आवागमन बन्द भएपछि पहडी जिल्लाबाट तरकारी बोकेर ल्याएका गाडीहरु बुढितोलामा रोकिएका छन् । तरकारी सडेर सडेर लाखौको क्षति भएको छ । पहाडबाट कैलाली कञ्चनपुर र अन्य जिल्लाका लागि भनेर साग तरकारीले भरिएका ट्रकहरु अवरुद्ध वाटो नखुल्दा सवैखाले साग तरकारी सडि सकेको र आफुहरुले लाखौको क्ष्ति बेहर्नु परेको व्यापारीहरुले बताए ।

lotus institite

सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको क्षति भएको ठाउँमा ट्रयाक खोल्ने काम भईरहेकोे छ । तर साता दिन वित्नै लाग्दा समेत राजमार्ग सुचारु नहँुदा यातायात प्रभावित भई यात्रु तथा व्यापारी हैरान भएका छन् ।

विभिन्न कामले पहाडबाट तराईमा आउने नागरिकले एक घण्टाको उकालो ओरालो वाटो छिचोलेर वल्ल अर्कौ पट्टि पुगिरहेका छन् । सुदुरपश्चिमका पहाडी जिल्लामा जाने एकमात्र राजमार्ग भएको र यसको कुनै बैकल्पिक बाटो नहँुदा आफुहरुले धेरै दुःख पाईरहेको भन्दै सरकारले वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने माग यात्रुहरुले गरेका छन् ।

मंगलवार विहानै देखि सडक डिभिजन कार्यालय कञ्चनपुरले पहिरो गएका विभिन्न ठाउको पहिरो पन्छ्याएर राजमार्ग खौल्दै गए पनि गोदावरी नगरपालिका –४ मा ठूलो पहिरो जाँदा ठाउँ ठाउँमा सडक भासिएको र चर्किएका कारण निर्वाध रुमा सडक सुचारु गर्न अझै केही दिन लाग्ने र अहिले लाई एक तर्फि बाटो मात्रै खोल्न सकिने सडक डिभिजन कार्यालय कञ्चनपुरका डिभिजनल ईन्जिनियर हरि प्रसाद सुबेदीले बताए ।

अहिले ३ वटा जेसिवि १ वटा लोडर तथा २ वटा स्काईभेटर लगाएर बाटो मा रहेको लेदो माटो हटाउने र सडक किनार ढुंगा भर्ने काम भइरहेको छ । केही दिन यता पानी परिरहेकाले मौसममा सुधार आए ठूला गाडी गुड्न भने अझै केही दिन लाग्ने सडक डिभिजन कार्यालय कञ्चनपुरले जानएको छ ।

पहिरोका कारण गादावरी नगरपालिकामा–४मा ५ घरपरिवारका करिव २० जना विस्थापित भएका छन । उनिहरुको घर वारी सवै घर माथि वाट आएको पहिरोले क्षति ग्रस्त भएकोछ भने विस्थापितहरु छिमेकी कहाँ आश्रय लिएर वसिरहेका छन् ।

यता यात्रुहरुलाई सहजताका सुदुर पश्चिम ट्राफिक कार्यालय अत्तरिया वाट जनशक्ति पठाएर पहाडी जिल्लाबाट आएका सवारी साधन सडक अवरूद्ध भएको ठाउँसम्म आएकालाई तराई वाट गएका सवारी साधन लाई पल्टी गरी यात्रु ओसार पसार मा सहजता गरीराखेको र पहिरो गएको ठाउको वारि र पारि चुस्त दुरुस्त तरिकाले ट्राफिक व्यवस्थापन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका कार्यालय प्रमुख प्रहरी उपरिक्षक नेत्रमणि गिरीले वताए ।

Himal dental
सम्बन्धित
Loading...