ghar sansar

युवा संघ कञ्चनपुरमा बबालपछि जिल्ला कमिटी घोषणा, असन्तुष्ट समूहले पनि समानान्तर कमिटी घोषणा गर्न सक्ने

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको नयाँ कमिटी घोषणा गरिएको छ । निर्वाचन मण्डलका सदस्य भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि साँघातिक आक्रमण गरिएको केही समयपछि नयाँ कमिटी घोषणा गरिएको छ ।

संघको आयोजक कमिटीका संंयोजक दिनेश विष्टको अध्यक्षतामा ४५ सदस्यीय कमिटी घोषणा गरिएको
छ । कमिटीको उपाध्यक्षमा अशोक सार्की, सचिव बिरेन्द्र बहादुर महरा, सह सचिव नरेन्द्र विष्ट, शिवा बस्नेत र कोषाध्यक्षमा मुकेश सिंह चयन भएका छन् ।

निर्वाचन मण्डलले नयाँ कमिटीको नामावली पार्टी कार्यालयमा टाँस गर्ने क्रममा संघका अध्यक्षका अर्का आकाँक्षी नविन चन्द समूहले वडा अध्यक्ष देवकोटामाथि आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते देवकोटा धनगढी रिफर गरिएका छन् ।

उनी रिफर गरिएपछि संघका इन्चार्ज महेश वस्नेतको उपस्थितिमा कार्यक्रम गरी कमिटी घोषणा गरिएको छ । इन्चार्ज बस्नेतले नयाँ कमिटीसित पार्टी कार्यालयमा सामूहिक तस्बिर खिचेका छन् ।

वडा अध्यक्ष देवकोटामाथि आक्रमण गरिएपछि असन्तुष्ट चन्द नेतृत्वको समूह पार्टी कार्यालयबाट बाहिरएको छ । एमाले नेताहरुका अनुसार असन्तुष्ट समूहका नेता कार्यकर्ता होटल सिद्धार्थमा भेला गएका छन् । उनीहरुले पनि समानान्तर कमिटी घोषणा गर्ने आशंका गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...