ghar sansar

एमालेले वडा अध्यक्ष देवकोटामाथि साँघातिक आक्रमणमा संलग्नलाई पार्टीबाट निस्कासन गर्ने

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरले जिल्ला कमिटी सदस्य तथा भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि साँघातिक आक्रमणमा संलग्न नेता कार्यकर्तालाई कारवाही गर्ने मनस्थिति बनाएको छ ।

युवा संघका इन्चार्ज एमाले पोलिटब्युरो सदस्य महेश वस्नेतको उपस्थितिमा उनीहरु सबैलाई स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही प्रक्रियामा जाने मनस्थिति बनाइएको हो ।

युवा संघका इन्चार्ज बस्नेको सहमतिमा निर्वाचन मण्डलले चयन गरेको जिल्ला कमिटीको नामावली पार्टी कार्यालउ टाँस गर्ने क्रममा शनिबार वडा अध्यक्ष देवकोटामाथि साँघातिक आक्रमण भएको छ । टाउको र छातीमा गम्भीर चोट लागेका उनी उपचारका लागि धनगढी रिफर गरिएका छन् ।

निर्वाचन मण्डलले चयन गरिएको कमिटीप्रति असन्तुष्ट नविन चन्द नेतृत्वको समूहले देवकोटामाथि पार्टी कार्यालयमा आक्रमण गरेको थियो । चन्द संघको अध्यक्षका आकाँक्षी थिए । उनी सहित ७÷८ जनाले देवकोटामाथि आक्रमण गरेका थिए ।

युवा संघका पूर्व नेता देवकोटा स्थानीय तह निर्वाचनबाट भीनपा १८ को वडा अध्यक्ष निर्वाचित भएका थिए । एमालेको जिल्ला कमिटी सदस्य उनी भीनपा १८ को इन्चार्ज पनि हुन् ।

एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले घट्नामा संलग्न सबैलाई स्पष्टीकरण सोधिने बताए । ‘स्पष्टिकरण सोधेर अघि बढ्छौ’ उनले भने ।

युवा संघको १० औ अधिवेशन शुक्रबार सुरु भएपछि राति बन्द सत्रमा विवाद भएपछि विहान ११ बजे सुरु हुने गरी स्थगित गरिएको छ ।

शुक्रबार राति बन्द सत्रमा पनि चन्द समूहले अध्यक्ष मण्डल र प्रतिनिधि छनौटमा आपत्ति जनाएपछि विवाद भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...