Sarsoti

युवा संघ कञ्चनपुरमा समानान्तर कमिटी घोषणा, नविन चन्द अध्यक्ष

lotus institute

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको १० औं जिल्ला अधिवेशनको निर्वाचन मण्डलले जिल्ला कमिटी घोषणापछि असन्तुष्ट समूहले जिल्ला कमिटी घोषणा गरेको छ ।

एमाले पार्टी कार्यालयमा अध्यक्ष मण्डलले दिउँसो जिल्ला कमिटी चयन गरिएको सूचना टाँस गरेपछि पार्टी कार्यालयबाट बाहिरिएको समूहले नवीन चन्दको अध्यक्षतामा ५१ सदस्यीय कमिटी घोषणा गरेको छ ।

morning glory
Mahendranagar

कमिटीको उपाध्यक्षमा लेखान्त बुढा, सचिव यज्ञराज नाथ, सह सचिव गंगा रानासह सचिव सरोज बैज र कोषाध्यक्षमा बसन्त बुढा चयन गरिएका छन् ।

निर्वाचन मण्डलका सदस्य भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले जिल्ला कमिटीको नामावली टाँस गर्ने क्रममा उनीमाथि साँघातिक आक्रमण भएपछि चन्द समूह एमाले पार्टी कार्यालयबाट बाहिरिएको थियो ।

वडा अध्यक्षमाथि आक्रमणपछि युवा संघका इन्चार्ज महेश वस्नेतको उपस्थितिमा दिनेश विष्टको अध्यक्षतामा ४५ सदस्यीय कमिटी घोषणा गरिएको थियो ।

saark school
सम्बन्धित
Loading...