ghar sansar

सन्त निरंकारी मण्डलले विविध कार्यक्रम सहित मनायो मुक्ति पर्व दिवस

Amity

महेन्द्रनगर । सन्त निरंकारी मण्डल महेन्द्रनगरले विविध कार्यक्रम सहित मुक्ति पर्व दिवस मनाएको छ । मण्डलका केन्द्रिय सह सचिव तथा ज्ञान प्रचारक श्री नरबहादुर बिश्वकर्मा जीको प्रमुख आतिथ्यता कार्यक्रम गरिएको छ ।

उनले सन्त निरंकारी मिसनको उद्देश्य जनातमा पुगाउन सक्रिय लागेका माता बुधबन्ती जी , सहनशा बाबा औतार सिंह जी, प्रधान लाभ सिंह जी बाबा गुरुवचन सिंह जी , चाचा प्रताप सिंह जी , बाबा हरदेव सिंह जी , माता सबिन्दर जी, माता कुलवन्त कौर जी लगायत हजारौं संत महात्माको सम्झनामा दिवस मनाइने गरिएको बताए ।

lotus institite

‘खासगरी मुक्ति को अर्थ ब्रह्म ज्ञान प्राप्त गरिसके पछि , जाति पाति, उचनिच , गरिब धनी , लिंग , रङ्ग , क्षेत्र , नश्ल आदिको असमानता बाट मुक्ति प्राप्त गरि समानता, मानव एकता , बन्धुत्व भाइचारा कायम हुनु हो । त्यस्तै व्यक्तिभित्र रहेका कुभावना , गलत आदत , नशा बन्दी , व्यविचार , भ्रम भ्रान्ती बाट मुक्ति पाइ भक्तिमय जिवन जीउने मार्ग नै मुक्ति पथ हो’ उनले भने ।

कार्यक्रममा सर्जन सिंह जी , नवराज आउजी , गुमान सिंह जी , कृष्ण बहादुर खड्का जी , लक्ष्मी बिश्वकर्मा जी , जगत जी , नन्दा देवि जि , सेवादल संचालक बिशन जी , सितल, अनुश्री , सपना , राजेन्द्र , दिपक , मदन , प्रेम सोनी , मितालिका जी लगायत का व्यक्तित्वले मुक्ति पर्वका बारेमा विचार तथा प्रवचन , कविता प्रस्तुत गरे ।

मानसिङ तिरुवा जीले सञचालन गरेको कार्यक्रममा दोधारा चाँदनी, भीमदत्त शुक्लाफाँटा, बेदकोट, कृष्णपुर लगायत क्षेत्रबट ५ सय सय भन्दा बढी सन्त परिवार सहभागी भएका छन ।

कार्यक्रम समापनपछि लङ्गर ( भण्डारा) को व्यवस्था गरिएको थियो । मुक्ति पर्व दिवसको पुर्व सन्ध्यामा निरंकारी सेवादल( स्वयंसेवक ) ले सरसफाई कार्यक्रम गरेको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...