
महेन्द्रनगर । नेपाल प्रेस युनियन कञ्चनपुरको अध्यक्षमा तेज बहादुर सिह(मुस्कान ) चयन भएका छन् ।
सातौं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा सिंहलाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा कुन्दन पाण्डेय , मनोज भट्ट र किशोर तामाङ चुनिए ।
यस्तै सचिवमा देवेन्द्र खड्का, सहसचिवमा अनिता लावड र कोषाध्यक्षमा शंकर अवस्थी चयन भएका छन ।
सदस्यहरुमा क्रमश महादेव अवस्थी,चन्द्रकान्त जोशी र कविता गौडलगायत निर्बिरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
शुक्रबार काँग्रेस पार्टी कार्यालयमा सुरु भएको जिल्ला अधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि थापाको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । युनियनका अध्यक्ष सिह यस अघि उपाध्यक्ष थिए ।
यु
