ghar sansar

भीमदत्तले एडिबी अनुदानको पक्की सडकमा यसरी थुपार्दैछ फोहर, दुर्गन्ध फैलिने खतरा

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजारको पक्की सडकमा फोहर थुपार्न थालेपछि दुर्गन्धको फैलिने चिन्ता बढेको छ । एडिबी अनुदानमा निर्माणाधिन बजारको पार्क नजिक पक्की सडकमा केही दिनदेखि फोहर राख्न थालिएको हो ।

पार्क नजिक अन्श होटल नजिक सडक किनारमा फोहर फालिएको छ । फोहरले दुर्गन्ध फैलिएर समस्या हुने व्यवसायी बताउँछन् ।

चार दिन अघि फालिएको फोहर नउठेपछि व्यवसायीले नगरपालिका कार्यालयसम्म गुनासो गरेका छन् । उनीहरुले पक्की सडकमा फोहर राखेर बजारलाई दुर्गन्धित बनाउने खोजिएको भन्दै असन्तुष्टि पोखेका छन् ।

व्यवसायीहरुका अनुसार गल्ली नं. ५ का पछाडिको नाली सफा गर्ने क्रममा निस्किएको फोहर सडक किनारमा राखिएको हो । सडक किनारमा राख्ने नगरपालिका कर्मचारीले तत्काल अन्यत्र लैजाने बताए पनि अहिलेसम्म त्यहीं राखिएको छ ।

भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र राज जोशीले फोहर फाल्ने ठाउँमा पानी जमेकाले फोहर सडकमा राखिएको बताए । सफा गर्ने क्रममा निस्किएको फोहर सडक किनारमा राखिएको हो । सडक किनारमा राख्ने नगरपालिका कर्मचारीले तत्काल अन्यत्र लैजाने बताए पनि अहिलेसम्म त्यहीं राखिएको छ ।

भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र राज जोशीले फोहर फाल्ने ठाउँमा पानी जमेकाले फोहर सडकमा राखिएको बताए । ‘पानी जमेकाले त्यहाँ राखिएको हो, त्यो फोहरलाई छिटो नै अन्यत्र लैजान्छौ’ उनले भने ।

भीमदत्त नगरपालिकाले बजार क्षेत्रबाट फोहर संकलन गरी वडा नं. १ बाराकुण्डाको खोलामा फोहर फाल्दै आएको छ । अविरल वर्षाले खोलामा पानीको सतह बढेपछि फोहर फाल्न रोकिएको हो ।

Himal dental
सम्बन्धित
Loading...