ghar sansar

युवा संघका नेता कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते देवकोटालाई काठमार्डौ रेफर, अवस्था झन खराब हुँदै गएको आफन्तको भनाई

Amity

महेन्द्रनगर । राष्ट्रिय युवा संघका नेता कार्यकर्ताको साँघातिक आक्रमणबाट गम्भीर घाइते भएका भीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई उपचारका लागि काठमार्डौं लगिएको छ ।

एमाले पार्टी कार्यालयमा शनिबार संघको १० औं अधिवेशन निर्वाचन कार्य तालिका टाँस गर्ने आक्रमण गरिएपछि उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल भर्ना गरिएका उनलाई आइतबार काठमाडौं लगिएको हो ।

lotus institite

माया मेट्रो अस्पतालमा उनलाई भेट्न पुगेका भीनपा १८ का स्थानीय ज्ञानेन्द्र फुयालले देवकोटाको अवस्था सुधार नभएपछि काठमाडौं लगिएको बताए । ‘अवस्था झन झन बिग्रर्दै गएको छ, त्यसैले काठमार्डौ लगियो’ उनले भने ।

उनका अनुसार देवकोटाको कानबाट रगत बग्ने क्रम रोकिएको छैन । उनलाई हेलमेट, लाठी, मुक्का र लात्ती प्रहारी गरी कुटपिट गरिएको थियो ।

देवकोटको परिवारले आक्रमण संलग्न युवा संघका ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएको छ । शनिबार जाहेरी दर्ता नभएपछि फर्किएको उनको परिवारले प्रशासन कार्यालय पुगेपछि विहान जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्तापछि संलग्नलाई खोजी गनए थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जाहेरी दर्तापछि संलग्नको खोजी भएको तर अहिलेसम्म कोही पनि पक्राउ नपरेको बताए ।

उनले किटानी जाहेरी परेका संघका नेता कार्यकर्ता पक्राउ परेपछि मात्रै सबैको नाम मिडियालाई उपलब्ध गराइने उनले बताए । ‘अहिले नाम दिएपछि भाग्ने खतरा हुन्छ, त्यसैले समातिएपछि दिन्छौ, यो गोपनियताको विषय पनि भयो ।’

देवकोटाका आफन्तले एमाले जिल्ला कमिटी सदस्य कमल रोकाया, केशव चन्द, प्रविन बोगटी, नविन चन्द लगायतका ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...