ghar sansar

महाकाली बहुप्राविधिक शिक्षालयमा अब एचए र अप्थल्मिक साइन्स पनि पठनपाठन

Amity

महेन्द्रनगर । महाकाली बहु प्राविधिक शिक्षालयमा यस वर्षदेखि थप नयाँ दुई कार्यक्रम थपिएका छन् । प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद्(सिटीईभिटी) ले समान्या चिकित्सा(एच.ए) र अप्थल्मिक साइन्स विषयको पठनपाठनका लागि अनुमति दिएको हो ।

यी दुई कार्यक्रमध्ये अप्थल्मिक साइन्सको पठनपाठन सुदूरपश्चिममै पहिलो पटक हुन लागेको हो । समान्य चिकित्सा र अप्थल्मिक साइन्स दुबैमा ४०÷४० कोटा छन् ।

lotus institite

शिक्षालयमा अहिले फार्मेसी र ल्याब टेक्निसियन कार्यक्रम सञ्चालनमा छ । नयाँ दुई थपिएपछि शिक्षासित चार कार्यक्रम पुगेका छन् ।

महाकाली बहुप्राविधिक शिक्षालयका निर्देशक परमल साउँदले नयाँ कार्यक्रम सञ्चालनका लागि अनुमति पाएकाले भर्ना कार्यक्रम सुरु गरिने बताए । ‘अनुमति पाइ सकेका छौ, अब प्रक्रिया गएर पठनपाठन गर्छौ’ उनले भने ।

भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालनमा आएको हो । बैजनाथ माध्यमिक विद्यालयको भवनमा सञ्चालन हुँदै आएको शिक्षालय यस वर्षदेखि सिएमए अनमी तालिम केन्द्रमा सारिएको छ ।

Himal dental
सम्बन्धित
Loading...