ghar sansar

कञ्चनपुर कारागारमा लफडा, एक जनालाई निर्घात कुटपिट गरिएको आफन्त्को भनाई, सिडिओ भन्छन्– समान्य विवाद हो, अवस्था समान्य छ

khasi

महेन्द्रनगर । कञ्चनपुर कारागारमा एक कैदीमाथि निर्घात कुटपिट गरिएको बाहिर आएपछि उनका घर परिवार चिन्ता जाहेर गरेका छन् । कैलालीको धनगढी नगरपालिकाका सुभाष भट्टलाई विहान कारागारभित्र अन्य कैदीले निर्घात कुटपिट गरेको बाहिर आएको थियो । अहिले भट्टका परिवार र आफन्त धनगढीबाट महेन्द्रनगर आएका छन् ।

लागु औषध मुद्दामा चार महिनादेखि कारागारमा रहेका भट्टलाई अन्य कैदीबन्दीले निर्घात रुपमा कुटपिट गरेको उनको भिनाजु तर्कराज भट्टले बताए ।

उनले घर परिवारका सदस्य उनलाई भेट्न कारागार पुगे पनि अहिलेसम्म भेट्न नदिएको बताएका छन् ।
भट्टसित मासिक रुपमा अशुली गर्दै आएका कैदी बन्दीको समूहले उनीमाथि कुटपिट गरेको उनको भनाई छ ।

dirghayi clinic

‘मासिक रुपमा १५÷२० हजार रुपैँया अशुली गर्र्दै आई रहेका छन्, अहिले निर्घात कुटपिट नै गरिएको छ’ उनले भने ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले कारागाभित्रको समान्य विवाद भएको र अवस्था समान्य भएको बताए ।

‘त्यस्तो ठूलो केही होइन, समान्य विवाद हो, अहिले शान्त भइ सकेको छ’ उनले भने, ‘मैले त्यहाँ प्रहरी पठाई सकेको छु ।’

प्रमुख जिल्ला अधिकारीले कारागारका जेलरलाई प्रशासन कार्यालय बोलाएको जानकारी दिएका छन् ।
कुटिपट गरिएको भनिएका भट्ट बेलौरीबाट लागु औषध सहित पक्राउ परेका थिए ।

Himal dental
सम्बन्धित
Loading...