ghar sansar

वर्षा नरोकिएसम्म भीमदत्त राजमार्गमा सवारी सञ्चालन कठिन, पहिरो र रुख ढलेर सडक अवरुद्ध

khasi

महेन्द्रनगर । भीमदत्त राजमार्गको बुढीतोलामा एकतर्फी यातायात सञ्चालन गरिए पनि अन्य ठाउँमा पहिरोले अवरोधले यातायात नियमित हुन सकेको छैन । निरन्तर वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएपछि सडक सञ्चालनमा सकस देखिएको छ ।

कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा रुख ढलेर राजमार्ग पुनः अवरुद्ध हुन पुगेको छ। सोमबार दिउँसो रुख ढलेर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको हो। प्रहरीका अनुसार हालै पहिरो गएको क्षेत्रभन्दा दुई सय मिटरको दुरीमा रुख ढलेर राजमार्ग अवरुद्ध हुन पुगेको छ ।

dirghayi clinic

सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर हरि सुवेदीले एकतर्फी खुलेको बाटोमा बेलाबेला पहिरो खसेर अवरुद्ध भइरहेको छ भने पहिरो पन्छाउँदै रित्ता गाडी ओराल्ने प्रयास भइरहेको बताए ।

सोमबार पनि पटकपटक अवरुद्ध हुने र खोल्ने क्रम जारी नै छ। वर्षा रोकिएर घाम लागेपछि मात्रै पूर्ण रूपमा यातायात सुचारु हुन सक्ने उनले बताए। बुढीतोलाको भावर क्षेत्रमा पहिरो जाँदा झन्डै चार सय मिटर सडक बिग्रेको छ । सय मिटर भासिएको र ठूलो पहिरो खसेकाले तत्काल यातायात सुचारु गर्न सकिने अवस्था नभएको सुवेदीले बताए ।

ठूलो भीर भएकाले सानोतिनो प्रयासले पहिरो रोकिने सम्भावना नभएको सडक डिभिजन कार्यालयले बताएको छ। भासिएको सडक बनाउनै ठूलो खर्च र समय लाग्ने देखिएको छ । पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएको सुदूरपश्चिममा भीमदत्त राजमार्ग पहाडी जिल्लाको लाइफ लाइन मानिँदै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...