ghar sansar

वडा अध्यक्ष देवकोटामाथि आक्रमणमा संलग्न सबैलाई पार्टीबाट निस्कासन गर्ने एमाले जिल्ला सचिवालयको निर्णय

उपाध्यक्ष नेतृत्वको कार्यदलबाट अनुमोदन गराइने

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले जिल्ला कमिटी सदस्य एवम् भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि आक्रमणमा संलग्न सबै नेता कार्यकर्तालाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।

एमाले जिल्ला कमिटीको सचिवालय बैठकले आइतबार आक्रमणमा संलग्न सहित राष्ट्रिय युवा संघको समानान्तर कमिटी बनाउन संलग्न सबैलाई कारवाही गर्ने निर्णय गरिएको हो । जिल्ला सचिवालय बैठकमा निर्णयलाई तत्काल सार्वजनिक नगरी गोप्य राख्ने अनौपचारिक छलफल भएको सहभागीले बताए । 

,orning glory badhai

राष्ट्रिय युवा संघ कञ्चनपुरको १० आंं जिल्ला अधिवेशनको अध्यक्ष मण्डलका सदस्य देवकोटालाई शनिबार एमाले पार्टी कार्यालयमा साँघातिक आक्रमण गरिएको थियो । आक्रमणपछि तत्काल बसेको पदाधिकारी बैठकले २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही गर्ने निर्णय गरेको थियो ।

dirghayi clinic

एमाले जिल्ला सचिवालयले बैठकको निर्णय एमाले देवकोटा आक्रमण छानबिनका लागि गठित उपाध्यक्ष युवराज ज्ञवाली नेतृत्वको समितिलाई बुझाउने निर्णय गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

‘प्रहरीमा किटानी जाहेरी दिएका त भै हाले, त्यस बाहेक त्यहाँ कुटपिट गर्ने, गर्न लगाउने, समानान्तर गतिविधि गर्ने सबैलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरिएको छ’ ती नेताले भने ।

जिल्ला सचिवालयको निर्णय अनुमोदनका लागि उपाध्यक्ष ज्ञवाली नेतृत्वको समितिमा बुझाइने निर्णय गरिएको छ । समितिलाई निर्णय नबुझाएसम्म बैठकको निर्णय सार्वजनिक नगरी गोप्य राखिने ती नेताले बताए ।

एमाले सचिवालय बैठकले देवकोटा आत्र,मण छानबिनका लागि सोमबार ज्ञवालीको नेतृत्वका तीन सदस्यीय कार्य दल गठन गरेको थियो । एमाले पार्टी कार्यालयमा आइतबार दिउँसादेखि सुरु बैठकमा रातिसम्म चलेको थियो ।

एमाले कञ्चनपुरका प्रचार विभाग प्रमुख उप सचिव कर्ण बहादुर चन्द बैठकपछि फोन सम्पर्क आउन अनिच्छा देखाएका छन् । उनले मोबाइलमा सम्पर्क गर्दा रिसिभ नगरी काटि दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...