ghar sansar

उद्योग बाणिज्य संघको एम्बुलेन्स भीमदत्तको ८ नम्बर वडामा सञ्चालन, वडाका वासिन्दालाई निःशुल्क सेवा दिइने

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ८ ले कञ्चनपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स लिएर वडामा सञ्चालन गरेको छ । संघले मंगलबार हस्तान्तरण गरेपछि वडामा एम्बलेन्सबाट निःशुल्क सेवा दिने भएको छ ।

बुधबार एक कार्यक्रमका विच उद्योग वाणिज्य संघले वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर प्रशाद बोहराले भीमदत्त नगरपालिका ८ का वडा अध्यक्ष मदनराज मिश्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदनराज मिश्रले वडाका जनताको माग र आवश्यकता अनुरुप वडामा निःशुल्क एम्बुलेन्स सेवा दिने बताए । अध्यक्ष मिश्रले वडाभरीका जनताका लागि एम्बुलेन्स निःशुल्क प्रयोग गरिने बताए ।

‘वडाका अति अशक्त बिरामी, सुत्केरी, गर्भवती, सर्पले डसेका बिरामी, दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजान विशेष प्राथमिकता दिईन्छ, ‘वडाध्यक्ष मिश्रले भने दुर्गम वडाका जनतालाई स्वास्थ्य सेवा प्रदान गछौँ ।’ वडाध्यक्ष मिश्रले वडाका सबै राजनीतिक दल, बुद्धिजिवी सहितका अगुवासंग थप छलफल गरेर अघि बढ्छौँ ।’

विपन्न, गरिब, दलित, आर्थिक रुपमा समस्यामा परेका जनतालाई विशेष प्राथमिकता दिईने बताए । वडाले गाँउमै निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेपछि स्थानीय समेत हर्षित भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...