Sarsoti

वडा अध्यक्ष देवकोटामाथि आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि साँघातिक आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडाका वासिन्दाले वडा अध्यक्ष देवकोटामाथि गरिएको आक्रमणको छानबिन गरी कानुनी कारवाही गर्न माग गरेका छन् ।

भीनपा १८ का कार्य वाहक अध्यक्ष पदम बहादुर चन्दले देवकोटामाथि आक्रमणमा संलग्नलाई कारवाहीको माग राखेर वडा कार्यालयमा तालाबन्दी गरिएको बताए ।

morning glory
Mahendranagar

‘वडा वासी आए तालाबन्दी गरेका छन्, यसले वडा कार्यालयका कामकाज गर्न असहज भएको छ’ उनले भने ।

एमाले सम्बद्ध राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं जिल्ला अधिवेशनमा शनिबार देवकोटामाथि एमाले पार्टी कार्यालयमा साँघातिक आक्रमण भएको थियो ।

आक्रमणबाट गम्भीर घाइते देवकोटामा काठमाडौंमा उपचार भई रहेको छ । देवकोटा परिवारकाले आक्रमणमा संलग्न एमाले जिल्ला कमिटीका सदस्य सहित ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दर्ता गराएको छ ।

saark school
सम्बन्धित
Loading...