ghar sansar

दोधारा चाँदनीमा छलफलपछि पशुपन्छी निकासी कर विरुद्ध आन्दोलन स्थगित

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाको पशु पन्छी निकासी कर खारेजीका लागि बिहीबार विहान गरिएको आन्दोलन छलफलपछि स्थगित भएको छ । दोधारा चाँदनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि नगर सभाबाट पारित निकासी कर खारेजीको माग गर्दै स्थानीयले विहान कार्यालय प्रवेशद्वार बन्द गरी आन्दोलन गरेका हुन् ।

नगरपालिकाले नगर सभाबाट पारित निर्णय अनुसार चालु आर्थिक वर्षका लागि मूल्य अभिवृद्धि कर सहित ६८ हजार ठेक्का सम्झौता गरि सकेको छ । स्थानीयको आन्दोलनपछि मेयर किशोर कुमार लिम्बु सहित कार्यपालिका सदस्य र स्थानीयबीच छलफ,ल भएपछि आन्दोलन स्थगित भएको छ ।

,orning glory badhai

स्थानीयका अनुसार छलफलमा मेयर लिम्बुले निकासी करले किसान र व्यवसायीलाई परेको मार्का सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् । उनले निकासी कर ठेक्का सम्झौता भएकाले ठेकेदारसित छलफल गरी माग सम्बोधनका लागि अग्रसरता लिने प्रतिवद्धता जनाए ।
दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले नगरपालिका र स्थानीयबीच छलफल भएर सहमति भएर आन्दोलन स्थगित गरिएको बताए ।
‘निकासी करको ठेक्का खारेजीको माग गरिएको छ, यो ठेक्का सम्झौता भएर अघि बढी सकेको छ, त्यस कारण ठेक्का लिएका व्यवसायीसित पनि छलफल गरी माग सम्बोधन गर्ने प्रतिवद्धता गरिएको छ’ उनले भने ।
नगरपालिकाले गत आर्थिक वर्षदेखि पशुपन्छी निकासी कर लगाउन सुरु गरेको थियो । गत वर्ष ५० हजारमा दिइएको ठेक्का यस वर्ष भ्याट सहित ६८ हजारमा गएको छ ।

dirghayi clinic

निकासी कर खारेजी आन्दोलनको अगुवाई गरि रहेका स्थानीय भरत भट्टले किसान र सम्बन्धित सरोकारवालासित छलफल नगरी किसानलाई मार्ने गरी कर लागू गरिएकाले आन्दोलन गरिएको बताए ।

‘हामीसित यस विषयमा छलफल गरिएको छैन, यो हामी किसानलाई मार्न ल्याएको हो, उनले भने,‘त्यसैले यसलाई खारेजी गर्नु पर्छ भन्ने माग हो ।’

आन्दोलनको अगुवा भट्ट स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनमा उप मेयरमा चुनाव लडेका थिए । माओवादीका नेता उनी कुखुराको कारोबार गर्दै आएका छन् ।
स्थानीयले विहान कार्यालय खुल्न अघि प्रवेशद्वार बन्द गरी प्रदर्शन गरेका छन् ।

उनीहरुले भित्र जान नदिएपछि कर्मचारी कार्यालय बाहिर बसेका छन् । स्थानीयका माग सम्बन्धि छलफलका लागि मात्रै मेयर उप मेयर सहित कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृतलाई भित्र जान दिइएको थियो ।

भट्टले दोधारा चाँदनीमा ४ सय बढी कुखुरा फर्म भएको दावी गरे । दोधारा चाँदनी नगरपालिकाले महाकाली नदी पक्की पुल र झोलुङ्गे पुल भएर नगरपालिका बाहिर निकासी गर्नेले मात्रै निकासी कर तिर्नु पर्ने जानकारी दिएको छ । नगरपालिकाले नगर सभाबाट कुखुरा निर्यातमा प्रति गोटा एक रुपैँया कर लिने निर्णय गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...