सुदूरपश्चिममा ओल्के मनाइँदै, प्रदेशमा सार्वजनिक बिदा

महेन्द्रनगर । सुदूरपश्चिममा शुक्रबार(आज) ओल्के पर्व मनाइँदै छ। पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मान स्वरुप आफ्ना छर छिमेकीलाई बाँडेर सुदूरपश्चिममा ओल्के मनाइन्छ। ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घर परिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो ।

ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ। यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन् ।

यसलाई ‘बूढी पोल्ने’ भनिन्छ । बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास पनि कतिपय समुदायको छ ।

यो पर्वका दिन विवाहिता छोरीलाई माइतीमा आमन्त्रण गरेर सेलरोटी, माणा, निसौसे, डुब्कालगायतका मिष्ठान्न परिकार खुवाउने प्रचलन छ। शुक्रवार ओल्के पर्वको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित
Loading...