महेन्नगर । डोटीमा एक नगर प्रमुखले आफ्नै स्वकीय सचिवलाई खुकुरी प्रहार गरेका छन । शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको खुलेको छ ।
आफूमाथि नगर प्रमुखले खुकुरी प्रहार गरेको स्वकीय सचिवको काम गर्दै आएका ठगुन्नाले समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले भने घटनाको बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन ।
ठगुन्नाले आफ्नो टाउकोमा चोट लागेर अस्पतालमा भर्ना भएको फोटो समाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । उनले फेसबुकमा मेयर बलायरका विरूद्धमा आधा दर्शन भन्दा बढी स्टाटस समेत लेखेका छन् । घटनाको कारण भने पत्ता लाग्न सकेको छैन ।