ghar sansar

सन्तोसीले बोल्दा काँग्रेस सम्मेलनमा कसको उड्दै थियो सातोपुत्लो, प्रदेश उप सभापति विष्टलाई भनिन् यस्तो

little buddha academy
khasi

महेन्द्रनगर । भानु पार्टी प्यालेशमा आयोजित काँग्रेसको प्रदेश सम्मेलनमा नेतृ सन्तोसी साउँद ऐरीले बोल्न अवरोध गरिएको घट्ना काँग्रेसका नेता कार्यकर्ताबीच चर्चाको विषय बनेको छ । काँग्रेस संसदीय दलका नेता रमेश लेखकको प्रमुख आतिथ्यमा बुधबार गरिएको प्रदेश सभा क्षेत्र ३ (क) को प्रथम सम्मेलनमा ऐेरीलाई बोल्ने क्रममा अवरोध गरिएको थियो ।

काँग्रेसको ट्रेड युनियनका केन्द्रीय सदस्य ऐरीले आफ्नो आफ्नो वडा सहित अन्य समस्या राख्दै काँग्रेस नेतृत्वको सरकारले केही गर्न नसकेको भनेर आलोचना गरेपछि प्रदेश उप सभापति जगदीश सिह विष्टले उनलाई विरोध गर्न नपाइने भन्दै अवरोध गरेका थिए ।

,orning glory badhai

नेतृ ऐरीलाई बोल्न अवरोध गरिएपछि केही समय हलमा केही समय चर्काचर्की  भएको थियो ।

प्रदेश सम्मेलन सकिएपछि ऐरीले फेसबुकमा जगदीश विष्टको नाम उल्लेख गरी आफूले सच्चिनु भन्दा विरोध गर्न नपाइने भनेको उल्लेख गर्दै विष्टसित आक्रोश पोखेकी छन् ।

dirghayi clinic

प्रदेश उप सभापति विष्टलाई उनले सबै पार्टीको स्वाद चाखेर आएको भन्दै उनका मजाक उडाएकी छन् । साँसद लेखक हलभित्र प्रवेश गरेपछि नेता कार्यकर्ताले लगाएका खादा मालाको उप सभापति विष्टले व्यवस्थापन गरि रहेको काँग्रेस नेता कार्यकर्ता बताउँछन् ।

साँसद लेखकले कार्यक्रम उद्घाटन गरेपछि सहभागीहरुका लागि हल खुला गरिएको थियो । सबैलाई दुई मिनेट समयमा दिइएको सन्तोसी साउँदले केही समय बढी लिएर आफ्नो कुरा राखेकी थिइन् ।

काँग्रेसमा निडर र प्रष्ट वक्ताको छवि बनाएकी साउँद स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका १९ को वडा अध्यक्षमा चुनाव लडेकी थिइन् । अघिल्लो निर्वाचनमा वडा सदस्य निर्वाचित उनी थोरै मतले पराजित भएकी थिइन् । वडा सदस्य हुँदा उनी भीमदत्त नगरपालिकाको न्यायिक समिति सदस्य थिइन् ।

वडा अध्यक्षमा पराजित भएपछि उनलाई भीमदत्त नगरपालिकाले उप मेयरको सल्लाहकार राखिएको थियो । केही महिनापछि सल्लाहकार छाडेर बाहिरिएकी थिइन् ।

पार्टी राजनीतिमा सक्रिय हुन सल्लाहकार छाडेको उनले बताएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...