ghar sansar

दोधारा चाँदनीमा युवा संघको सरसफाई

महेन्द्रनगर । एमाले सम्बद्ध राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं जिल्ला अधिवेशनबाट आलोचित बनेको संघको छविलाई दोधारा चाँदनीबाट सामाजिक कार्य गरी सुधार्ने प्रयास गरिएको छ । संघको अधिवेशनमा संघका नेता कार्यकर्ताको हुलले पार्टी कार्यालयमा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि साँघातिक आक्रमण गरेपछि संघ आलोचना खेप्न पर्ने अवस्थामा पुगेको हो ।

वडा अध्यक्ष देवकोटामाथि आक्रमण भएको एक सातापछि संघको दोधारा चाँदनी कमिटीले बजार क्षेत्रमा सरसफाई गरेको छ । संघका कञ्चनपुर इन्चार्ज ओम वस्नेत सहित संघका नेताहरु सरसफाईमा सहभागी भएका छन् । उनीहरुले दोधारा चाँदनीको नगर अस्पताल र हेल्थ पोष्ट बजार लगायतका क्षेत्रमा सरसफाई गरेका छन् ।

lotus institite

daimond public

दोधारा चाँदनी संघका इन्चार्ज वस्नेतको गृह नगर हो । दोधारा चाँदनी नगरपालिकाका उनी स्थानीय तह निर्वाचनमा वडा नं. ६ बाट वडा अध्यक्षमा निर्वाचित भएर नगर प्रवक्ता छन् । इन्चार्ज वस्नेतको गृह नगरबाट संघलाई सामाजिक कार्यमा लगाउन थालिएको हो । सरसफाईमा वस्नेत सहित संघको नगर अध्यक्ष विनोद चौधरी सहित पदाधिकारी र सदस्य सहभागी भएका छन् ।

चौधरीले संघका जिल्ला अधिवेशन अघि संघको नेतृत्व लिएका हुन् । संघका नेतृत्वमा आउन अघि पनि चौधरी स्थानीय स्तरमा सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् ।

संघका इन्चार्ज वस्नेतले युवालाई सामाजिक र सृजनात्मक कार्य गर्नु पर्ने मान्यताका आधारमा शनिबार सरसफाई गरिएको बताए । ‘यो कार्यक्रम अब निरन्तर अघि बढ्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...