ghar sansar

गड्डाचौकी नाकाबाट पहिलो पटक बन्दागोभी भारत निर्यात

little buddha academy
khasi

महेन्द्रनगर । गड्डाचौकी नाका भएर पहिलो पटक साउन महिनामा बन्दोगोभी निर्यात भएको छ । यस अघि भारतबाट सबै तरकारी आयात हुँदै आएकोमा साउनमा एक बन्दागोभी निर्यात गरिएको हो ।

गड्डौचाकीस्थित कञ्चनपुर भन्सार कार्यालयका अनुसार साउनमा एक हजार पाँच सय किलो बन्दागोभी भारत निर्यात भएको छ । भारतीय व्यवसायीले नेपालबाट बन्दागोभी भारत लगेका छन् ।

,orning glory badhai

भन्सार कार्यालयका भन्सार अधिकृत तेज बहादुर रावलले साउनमा तरकारीको रुपमा बन्दागोभी भारत निर्यात भएको बताए । ‘शायद यो पहिलो पटक हुन सक्छ, साउनमा बन्दाभोगी भारत निर्यात गरिएको छ’ उनले भने,‘यस अघि निर्यात भएको रेकर्ड छैन ।’

dirghayi clinic

भन्सार कार्यालयका अधिकृत रावल यस अघि आर्थिक वर्ष २०७६÷०७७ मा भन्सारका नायब सुब्बा पदमा बसेका थिए । त्यसपछि अन्यत्र सरुवा भएका उनी अधिकृतमा बढुवा भएपछि फेरि भन्सारमा आएका हुन् ।
‘पहिले र अहिले बस्दा अहिले मात्रै बन्दागोभी भारत निकासी भएको देखे’ उनले भने ।

भन्सार नाका भएर दैनिक भारतबाट तरकारी र फलफूल आयात हुँदै आएको छ । भारतले प्रतिबन्ध फुकुवा गरे पनि गड्डाचौकी नाका भएर अहिलेसम्म गोलभेडा निर्यात भएको छैन । ‘गोलभेडा गएको छैन, कोही भारतीय व्यवसायी पनि सम्पर्कमा आएका छैनन्’ भन्सार अधिकृत रावलले भने ।

गड्डाचौकी नाका भएर भारतबाट आउने तरकारी र फलफूलको आयात भने ठप्प हुन पुगेको छ । गड्डाचौकीस्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख तालिमका लागि विदेश गएपछि परीक्षण नभएर आयात ठप्प हुन पुगेको हुन पुृगेको छ ।

भन्सार कार्यालयका अनुसार गडडौचौकी नाका भएर दैनिक दुई गाडी तरकारी र फलफूल आयात हुने गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...