ghar sansar

लामो समयसम्म बढुवा नभएको भन्दै राखेपका कर्मचारी आन्दोलित, कञ्चनपुरमा पेन डाउन

dirghayu ad

महेन्द्रनगर । लामो समयसम्म बढुवा नभएपछि आन्दोलित राष्ट्रिय खेलकूद परिषद्का कर्मचारीले आइतबार कञ्चनपुर जिल्ला खेलकूद विकास समितिमा पेन डाउन गरेका छन । आइतबार विहान उनीहरुले विहान १० बजेदेखि पेन डाउन गरी बढुवाका लागि दबाव दिएका हुन् ।

राष्ट्रिय खेलकूद परिषद् कर्मचारी संघको केन्द्रीय आन्दोलन कार्यक्रम अनुसार साउन २६ देखि परिषद्का प्राविधिक र प्रशासनिक कर्मचारी आन्दोलनमा छन् । साउन ३२ गते पहिलो चरणको आन्दोलन सकिएपछि आइतबारदेखि दोस्रो चरणलाई निरन्तरता दिएका छन् ।

ratnam malkhad

दोस्रो चरणमा आइतबार र सोमबार विहान १० देखि १ बजेसम्म तथा त्यसपछि विहान १० देखि २ बजेसम्म पेन डाउन कार्यक्रम राखिएको राष्ट्रिय खेलकूद परिषद् कर्मचारी संघका सुदूरपश्चिम अध्यक्ष विरेन्द्र बहादुर चन्दले बताए ।

एक सातासम्म चल्ने दोस्रो चरणको पहिलो दिन पेन डाउन गरिएको राष्ट्रिय खेलकूद परिषद् कर्मचारी संघ कञ्चनपुरका अध्यक्ष मोहनप्रताप गुरुङ्गले बताए ।

‘यतिका वर्षसम्म बढुवा भएको छैन, १९÷२० वर्षदेखि बढुवा हुन सकेको छैन’ उनले भने, ‘त्यसलै देशव्यापी कार्यक्रम अनुुसार आन्दोलनमा छौ, आज पेन डाउन गरिएको छ, यसलाई निरन्तरता दिन्छौ’ उनले भने ।

अध्यक्ष गुरुङ्गका अनुसार कञ्चनपुरमा परिषद्का १७ कर्मचारीको लामो समयसम्म बढुवा हुन सकेको छैन । देशभर यो संख्या चार सय भन्दा बढी छ ।

दोस्रो चरणको आन्दोलन सकिएपछि तेस्रो चरणको कार्यक्रम सुरु गरिने कर्मचारीहरुले बताए ।

Himal dental
सम्बन्धित
Loading...