ghar sansar

वडा अध्यक्ष आक्रमणका ६ आरोपीले गरे आत्मसमर्पण, हिरासतमा राखेर अनुसन्धान गरिने

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि साँघातिक आक्रमणको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका ६ जनाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेपछि उनीहरु सबैलाई पक्राउ गरी म्याद थपका लागि जिल्ला अदालत लगिएको छ । पक्राउ पर्नेमा कमल रोकाया, प्रविन बोगटी, लेखान्त बुढा, नबिन चन्द, रोहितजङ्ग कुँबर र केशव चन्द छन् ।

lotus institite

अघिल्लो शनिबार राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं जिल्ला अधिवेशनमा निर्वाचन कार्यक्रम अघि बढाउने क्रममा निर्वाचन समितिका सदस्य देवकोटामाथि एमाले पार्टी कार्यालयमा साँघातिक आक्रमण गरिएको थियो । देवकोटाले आमा कमलाले उनीहरु सहित ७ जना विरुद्ध कर्तव्य ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएकी छन् । किटानी जाहेरीपछि उनीहरु सबै फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले ६ जनालाई पक्राउ गरी म्याद थपका लागि अदालत लगिएको बताए । ‘जिल्ला प्रहरी कार्यालय नजिकबाट पक्राउ ग¥यौ’ उनले भने ।

अदालतबाट म्याद थप गरेपछि उनीहरुलाई राखिने हिरासतको टुङ्गो लाग्ने प्रहरी निरीक्षक चन्दले बताए । ‘यता जिप्रकामा ठाउँ के कस्तो छ, नभए वडा प्रहरी कार्यालयमा राख्छौ’ उनले भने ।

यस अघि आक्रमणमा संलग्न निराजन शाह पक्राउ परि सकेका छन् । प्रहरीले जाहेरीमा नभए पनि आक्रमणको भिडियोको आधारमा शाहलाई पक्राउ गरिएको थियो ।

प्रहरीले जिल्ला प्रहरी कार्यालयमा आत्मसर्मण गरेका आरोपीलाई विशेष सुविधा सहित वडा प्रहरी कार्यालयमा राख्ने तयारी गरिएको भन्दै देवकोटाका आफन्त विरोध गनेृ तयारी गरि रहेका छन् ।

देवकोटाको काठमाडौंमा उपचार भई रहेको छ । एमालेले आक्रमणमा संलग्न रहेको आरोपमा रोकाया सहित राधाकृष्ण जोशी, केशव चन्द, रमेश भट्ट, युवा संघका रोहित कुँबर, नविन चन्द, र प्रविन बोगटीलाई सदस्यता समेत नरहने गरी पार्टीबाट निस्कासन गरि सकेको छ ।

यसैगरी राष्ट्रिय युवा संघले संघका केन्द्रीय सदस्य केशव चन्द, प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई संघको साधारण सदस्य समेत नरहने गरी निस्काष्ति गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...