ghar sansar

जिमुवाको सिद्धनाथ माविका शिक्षकलाई यौन दुव्र्यवहारको आरोप, विद्यार्थीको आन्दोलनपछि आरोपी शिक्षक पक्राउ

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई शिक्षकबाट यौन दुव्र्यवहार गरिएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र जोशीले दुव्यर्वहार गरेको आरोप उनीहरुले लगाएका छन् । विद्यार्थीको आरोपपछि शिक्षक जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

dirghayi clinic

साउन ३१ गते शिक्षक जोशीले ती छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गर्दै दोषी उपर कारबाहीको माग गरेका हुन्। विद्यार्थीले शिक्षक र कार्यकक्षमा ढुंगामुढासमेत प्रहार गरेका छन्। आन्दोलनका कारण आइतबारको पठनपाठन प्रभावित भएको छ।

विद्यालय प्रशासनले भने शिक्षकले छात्रामाथि दुर्व्यवहार नगरेको दाबी गरेको छ। सिद्धनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णसिंह बोहोराले ३१ साउनमा शिक्षक जोशीको छात्रासँग कुम मात्रै ठोक्किएको बताए। शिक्षक जोशीले पनि विद्यालयमा तलमाथि गर्दा भिडभाडमा कुम मात्रै ठोक्किएको प्रतिक्रिया दिए।

प्रहरीले शिक्षक जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए। प्रहरीले घटनाबारे अनुसन्धान पनि थालेको छ ।

Himal dental
सम्बन्धित
Loading...