यौन दुव्र्यवहार आरोप लागेका विद्यालय कर्मचारीमाथि निर्घात कुटपिट, आइसियुमा भर्ना

महेन्द्रनगर । यौन दुव्र्यवहार आरोप लागेपछि निर्घात रुपमा कुटिएका भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका कर्मचारी अस्पताल भर्ना भएका छन् । विद्यालयका एक छात्राले यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि आइतबार विद्यालयमा एक समूहले प्रहरीको सामु निर्घात कुटपिट गरेको थियो ।

कुटपिटबाट गम्भीर घाइते विद्यालयका लेखापाल विरेन्द्र जोशीलाई धनगढी लगेर आइसियुमा भर्ना गरिएको छ । जोशीका आफन्तका अनुसार कुटपिटबाट उनको शरिरका विभिन्न भागमा चोटपटक लागेको छ ।

विद्यालयबाट प्रहरीले पक्राउ गरी ल्याएका जोशीलाई अवस्था गम्भीर भएपछि आइसियुमा भर्ना गरिएको उनका आफन्तले बताएका छन् ।

कुटपिटमा संलग्न विरुद्ध जोशी परिवारले ज्यान मार्ने उद्योगमा सोमबार किटानी जाहेरी दिने भएका छन् । उनीहरुका अनुसार ६÷७ जनाको समूहले उनीमाथि कुटपिट गरेको थियो ।

विद्यालयकी छात्राको आरोपलाई विद्यालय प्रशासनले अस्वीकार गर्दै यौन दुव्र्यवहार नभएको दावी गरेको छ ।

विद्यालयका प्रध्यानाध्यापक कृष्णसिंह बोहोराले ३१ साउनमा शिक्षक जोशीको छात्रासँग कुम मात्रै ठोक्किएको बताए । शिक्षक जोशीले पनि विद्यालयमा तलमाथि गर्दा भीडभाडमा कुम मात्रै ठोक्किएको प्रतिक्रिया दिए ।

विद्यालयको खुल्ला परीक्षामा उत्तीर्ण भएर जोशी समय अघि मात्रै लेखापाल नियुक्त भएका थिए ।

सम्बन्धित
Loading...