![ghar sansar](https://ebikalpadainik.com/wp-content/uploads/2024/09/ghar-sansar-1.png)
अझै कति दिन लम्बिने हो सुप विश्वविद्यालय केन्द्रीय कार्यालयको तालाबन्दी, राप्रपाको विद्यार्थी संगठन भन्छ– नियुक्ति खारेज नभएसम्म रहन्छ
महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा लगाएको तालाबन्दी राख्ने भएको छ । विश्वविद्यालयले विभागीय प्रमुख र आङ्गिक क्याम्पस प्रमुखहरु दलीय भागबण्डामा गरिएको भन्दै संगठनले ३७ दिन अघि विश्वविद्यालय केन्द्रीय कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरेको थियो ।
विद्यार्थी संगठनले दलीय भागबण्डामा गरिएको नियुक्ति खारेज नभएसम्म तालाबन्दी नखोल्ने अडान लिएको छ । भदौ १० गतेपछि तालाबन्दीलाई यथावत राखेर थप आन्दोलन कार्यक्रम गर्ने संगठनको सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कमिटीका अध्यक्ष प्रेम रावलले बताए ।
![lotus institite](https://ebikalpadainik.com/wp-content/uploads/2024/10/lotus-instiute.jpg)
संगठनले आइतबार पत्रकार सम्मेलन गरी नियुक्ति खारेज नभएर प्रतिस्पर्धाबाट आउने प्रक्रिया थालनी नभएसम्म तालाबन्दी नखोलिने स्पष्ट पारेको छ ।
‘यो विश्वविद्यालयका पदाधिकारी बसेर नियुक्ति खारेज गरी नयाँ प्रक्रिया छनौट नभएसम्म तालाबन्दी खुल्दैन’ पत्रकार सम्मेलनमा उनले भने,‘तालाबन्दी यथावत हुन्छ, भदौ १० पछि केही फरक हिसाबले जान्छौ ।’
![daimond public](https://ebikalpadainik.com/wp-content/uploads/2025/01/hira-chand.jpg)
दलीय भागबण्डामा छनौट गर्दा विश्वविद्यालयमा वर्षौदेखि अध्यापन गराएका अनुभवी र योग्य प्राध्यापक जिम्मेवारीबाट वञ्चित हुने अवस्था आएकाले आफूहरुले खारेजीका लागि आन्दोलन गरेको उनको भनाई थियो ।
विश्वविद्यालय पदाधिकारी तालाबन्दी खोल्न गम्भीर नभएको अध्यक्ष रावलले आरोप लगाए । उनका अनुसार हालससम्म तालाबन्दी भएपछि विश्वविद्यालयका रजिष्टसितसित एक पटक मात्रै छलफल भएको छ ।
विश्वविद्यालयका कर्मचारीले भने आफूहरुसित पटक पटक छलफल गरेको उनले बताए ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरका निवर्तमान अध्यक्ष नरेश कार्कीले भागबण्डाको संस्कार विश्वविद्यालय अपेक्षित गतिमा अघि बढ्न नसकेको बताए ।
विश्वद्यिालय केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि केन्द्रीय कार्यालयका कर्मचारी घरमा बसि रहेका छन् ।
तालाबन्दीपछि काठमाडौंमा विश्वविद्यालय सभा (सिनेट) बसेको थियो । सिनेटपछि उपकुलपति प्रा.डा. अम्मराज जोशी र रजिष्ट्रार यज्ञराज पाठकले तालाबन्दी खोल्नका लागि काठमाडौंमा छलफल गरेको समाचार आएका थिए ।
अअ
![Himal dental](https://ebikalpadainik.com/wp-content/uploads/2024/11/himal-dental.png)