ghar sansar

पुनर्वासका मेयरले अवैध संरचनामा यसरी चलाए डोजर, अन्य पालिकामा छैन सुरसार

little buddha academy
khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिका भित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । पुनर्वास नगरपालिकाको मुख्य बजार आईबिआरडी क्षेत्रमा सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना आईतबार देखि भत्काउन सुरु गरिएको छ ।

पुनर्वास नगरपालिका को सडक फराकिलो बनाउने योजना सहित नगरप्रमुख तोय प्रसाद शर्माले नगरका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐर, योजना अधिकृत शङ्कर बोगटी,प्रविधिकका प्रकाश सुवेदी लगायतको टिमसंग छलफल गरि सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना भत्काउन आदेश दिएका थिए ।

,orning glory badhai

आईतबार नगर प्रमुख तोय प्रसाद शर्मा को आदेश संगै पुनर्वास नगरपालिकाले सडक क्षेत्रमा परेका संरचना हटाउन डोजर चलाउन पुगेको छ ।

dirghayi clinic

नगरपालिकाले आई.बी.आर.डी. क्षेत्रको बाटो नापजाँच र सीमांकन भईसकेको र सडक क्षेत्राअधिकार भित्रका सम्पुर्ण संरचना हटाउन २०८० बैशाख १७ गते ३५ दिने पहिलो सूचना जारी गरेको थियो ।सो सूचना पश्चात् कुनै पनि घरधनीले नहटाएपछी जेठ २२ गते ७ दिने अन्तिम सूचना सार्वजनिक गर्दा पनि समाधान नभएपछि अहिले डोजर चलाउन नगरपालिका बाध्य भएको योजना अधिकृत शंकर बोगटीले जानकारी दिए ।

अहिले बजार क्षेत्रमा सडकको दायाँबायाँ ६÷६ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना जेष्ठ मसान्त सम्म हटाइसक्न सूचना जारी गरिएको भएपनि अटेर गरेपछि नगर प्रमुख शर्माले सडकमा डोजर निस्केका हुन् ।

नगर पालिकाले आईतबार पुनर्वास नगरपालिकाको पुरानो भवन देखि पश्चिम एन सि एल चोक सम्म भत्काउन सुरु गरेको थियो । सडक चौडा बनाउन केही घरधनीहरूले नगरपालिकाको प्राविधिक सहयोगमा आफैँ संरचना हटाइसकेको नगर पालिकाको प्राविधिक शाखाले जनाएको छ ।

सोमबार एन सि एल चोक देखि पश्चिम जन कल्याण माध्यमिक विद्यालय चोक सम्म २० मिटर चौडाइ सडक निर्माण का लागि फास्टट्रयाक निकाल्ने कार्य ४ नं वडा का अध्यक्ष मनोज सापकोटा को उपस्थितिमा सम्पन्न भएको छ। आज उक्त क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाएको छ।

आगामी दिनहरूमा पनि अनधिकृत तरिकारले बनेका संरचनाहरु अब क्रमस हट्दै जानेछ, यो अभियान निरन्तर चल्छ ।” “फुटपाथ पसल, सडक छेउका पार्किङस्थल र सार्वजनिक जग्गा मासेर बनाइएका संरचना क्रमशः हटाउँदै जाने पुनर्वास नगरपालिका ले जनाएको छ।

 

Himal dental
सम्बन्धित
Loading...