महेन्द्रनगर । नेपाल सीएम संघ र अनमी संघ कञ्चनपुरले सीएमए र अनमी दुबैको परीक्षाको प्रश्न नेपाली र अंग्रेजी दुबै भाषामा बनाउनु पर्ने माग प्रदेश लोक सेवा आयोगमा समक्ष राखेको छ ।
दुबै संघले सोमबार प्रदेश लोक सेवा आयोगका अध्यक्षलाई ज्ञापन पत्र बुझाएर दुबै भाषामा प्रश्न पत्र बनाउनु पर्ने माग राखेका हुन् ।
प्रदेश लोक सेवा आयोगले यसै भदौ महिनामा सञ्चालन गर्ने सीमए र असोजमा गर्ने अनमीको परीक्षालाई मध्यनजर गरी ज्ञापन राखिएको छ ।
ेसीएम संघ कञ्चनपुरका अध्यक्ष तिलक प्रसाद जोशीले सीएम अनमीको अध्ययन नेपाली भाषामा भएकाले अंग्रेजी भाषामा प्रश्नपत्र बनाउँदा बुझन नसकिने बताए ।