ghar sansar

सुप विश्वविद्यालयको विवादित नियुक्तिमा अर्को खुलासा, करार शिक्षकलाई विभागीय प्रमुख बनाएको दावी

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका नव नियुक्ति विभागीय र क्याम्पस प्रमुख नियुक्तिको निर्णय खारेजीको माग गर्दैै आन्दोलित राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राष्ट्रिय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले नियुक्तिमाथि अर्को खुलासा गरेको छ ।

दलीय भागबण्डामा नियुक्त गरिएको भन्दै विश्वविद्यालय केन्द्रीय कार्यालयमा झण्र्डै डेढ महिनादेखि तालाबन्दी गरेको विद्यार्थी संगठनले विश्वविद्याय ऐन नियम मिचेर करार शिक्षकलाई विभागीय प्रमुख बनाएको खुलासा गरेको छ ।

ratnam malkhad

संगठनले विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको ३६ औं दिनमा गरेको पत्रकार सम्मेलनमा विश्वविद्यालयका ऐन नियम मिचेर करार शिक्षकलाई विभागीय प्रमुख बनाएको दावी गरेको थियो ।

राप्रपाका विद्यार्थी संगठनका सुप विश्वविद्यालय इकाई समितिका अध्यक्ष प्रेम रावलले करार शिक्षकलाई विभागीय प्रमुख बनाएर विश्वविद्यालय ऐन मिचेको दावी गरेका हुन् । उनले विभागीय प्रमुख बनाएका करार शिक्षकको खोजी भने मिडियाले गर्न पर्ने बताएका थिए ।

‘दलीय भागबण्डा मात्रै होइन, नियम कानुनले निमल्ने करार शिक्षक शिक्षक, अस्थायी शिक्षकलाई नै विभागीय प्रमुखमा नियुक्त गरिएको छ’ उनले भनेका थिए,‘ती को हुन् , त्यो तपाई मिडियाले खोज्नु होस ।’

विश्वविद्यालयको कार्यकारी परिषद्ले अघिल्लो महिना सात विभागीय प्रमुख र १६ आंगिक क्याम्पसका प्रमुख नियुक्त गरेको थियो । ती सबै नियुक्ति दलीय भागबण्डामा गरिएको भन्दै विद्यार्थी संगठनले केन्द्रीय कार्यालयको प्रवेशद्वारमा तालाबन्दी गरेको छ ।

कार्यकारी परिषद्को तालाबन्दीपछि एमाले सम्बद्ध अनेरास्ववियुले पनि केन्द्रीय कार्यालयमा ताला लगाएको थियो । एमाले सम्बद्ध शिक्षकलाई कार्यकारी सदस्य बनाएपछि अखिलले तालाबन्दी कार्यक्रमबाट पछाडि हटेको थियो ।

राप्रपाको विद्यार्थी संगठनका अध्यक्ष रावलले भने नियुक्ति खारेज नभएसम्म कुनै पनि हालतमा तालाबन्दी नखोलिने अडान लिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...