
महेन्द्रनगर । कञ्चन विद्या मन्दिरले विद्यालयको प्रतिष्ठालाई आँच पुग्ने गरी अपवाह फैलाएर भ्रम उत्पन्न गरिएको भन्दै कानुनी कारवाहीमा जाने चेतावनी दिएको छ ।
विद्यालयले मंगलबार अपील जारी गर्दै कुत्सित मनसाय राखेर शिक्षण संस्थाप्रति अपवाह र भ्रम फैलाउने कार्य गरिएको भन्दै त्यसको पहिचान गरी कानुनी कारवाहीको प्रक्रियामा जाने प्रतिवद्धता गरी भ्रममा नपर्न अनुरोध गरिएको छ ।

विद्यालयको अपीलमा केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक र केही विद्युतीय सञ्चार माध्यममा सुनियोजित ढङ्गले विद्यालयप्रति पूर्वाग्रही भएर नयाँ भर्ना कार्यक्रम असर पार्ने गरी दुष्प्रचार गरिएकोले ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विद्यालयले प्रचार गरिए जस्तो कार्य गरिएको भए सरकारी निकायको अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने अपीलमा उल्लेख गरिएको छ ।
