महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले बैंक खाता रोक्का गरेपछि विद्यालयहरुले तहगत प्रधानाध्यापक नियुक्त भएका छन् । तहगत प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिकाले दिएको निर्देशन अटेर गरेपछि बैंक खाता रोक्का गरिएको थियो ।
नगरपालिकाका अनुसार तहगत प्रधानाध्यापक नियुक्तिका लागि आलटान गर्ने ४ विद्यालयका बैंक खाता रोक्का गरिएका थिए । बंैक खाता रोक्का गर्न अघि नै तीन विद्यालय प्रधानाध्यापक नियुक्त गरी खाता रोक्काबाट जोगिएका थिए ।
खाता रोक्का भएर विद्यालयहरुलाई कारोबार गर्न समस्या भएपछि प्रधानाध्यापकहरु नगरपालिका आएर तहगत प्रधानाध्यापक नियुक्तिका लागि तयार भएका थिए । अहिले प्रधानाध्यापक नियुक्त गरिएपछि विद्यालयका खाता फुकवा गरिएका छन् ।
वर्षाैदेखि सम्हाल्र्दै आएका जिम्मेवारी खोसिने डरले प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिको बैठक बोलाउन आकाकानी गर्दै आएका थिए । प्रधानाध्यापक व्यवस्थापन समितिमा सदस्य सचिव हुन्छन् ।
प्रधानाध्यापकले बैठक बोलाउन नमानेपछि नगरपालिकाले ती विद्यालयको बैंक खाता रोक्का गर्ने निर्णय गरेको थियो । तहगत प्रधानाध्यापक नियुक्तिका लागि विद्यालयलाई दबाव दिन नगरपालिकाले अन्तिम विकल्पका रुपमा खाता रोक्का निर्णय गरेको थियो ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले कार्यालयबाट पटक पटक दिइएका निर्देशन नमानेपछि बैंक खाता रोक्का गर्ने निर्णय गरिएको बताए ।
‘पटक पटक भन्दा पनि नमाननेपछि बैंक खाता रोक्का गर्ने निर्णय गरिएको हो, नत्र विद्यालय व्यवस्थापन समितिको बैठक समेत बस्न नसक्ने अवस्था थियो’ उनले भने,‘खाता रोकिएपछि कार्यालयमा आएर विद्यालयले नियमानुसार प्रधानाध्यपाक नियुक्त गरेका छन् ।’
दोधारा चाँदनी नगरपालिकाका निवर्तमान मेयर बीर बहादुर सुनारको पालामा शिक्षक दरबन्दी मिलान गरिएको थियो ।
दरबन्दी मिलान अनुसार ती विद्यालयले स्थायी सिनियर शिक्षकलाई प्रधानाध्यापक बनाउन आनाकानी गरेका हुन् । ती विद्यालयमा राहत र निजी स्रोतमा कार्यरत शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
नगरपालिकाले तहगत प्रधानाध्यापकका लागि पटक पटक निर्देशन दिएपछि शिक्षकहरुले नगरपालिका गएर मेयर लिम्बुलाई पछाडि हट्न दबाव दिएका थिए । मेयर लिम्बुले शिक्षकहरुको दबावलाई वास्ता नगरी अघि बढेका थिए ।
लक्ष्मी माध्यमिक विद्यालय बाहेक अन्य सबैमा नियम अनुसार शिक्षकहरु प्रधानाध्यापकको जिम्मेवारी लिन तयार भएका थिए । लक्ष्मी माविमा माध्यमिक ततका शिक्षकले जिम्मेवारी लिन अस्वीकार गरेपछि नगरपालिका समस्यामा परेको थियो ।
नगरपालिकाका अनुसार मावि शिक्षकले जिम्मेवारी लिन अनिच्छा देखाएपछि उनलाई मनाउन उनका घर परिवारसंग कुराकानी गरिएको थियो । विद्यालयका तत्कालिन प्रधानाध्यापक रमेश पन्त सहज रुपमा जिम्मेवारी हस्तान्तरण गर्न तयार भए पनि ती शिक्षकले अस्वीकार गरेका थिए ।
नगरपालिकाले तहगत प्रधानाध्यापकका लागि १० पटक विद्यालयलाई पत्राचार गरेको थियो ।