ghar sansar

भीमदत्तले वडा अध्यक्ष देवकोटालाई उपचारका लागि ५१ हजार सहयोग गर्ने

महेन्द्रनगर । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं जिल्ला अधिवेशनमा साँतातिक आक्रमणबाट घाइते भीमदत्त नगरपालिका–१८ का वडाअध्यक्ष रविन्द्र देबकोटालाई उपचारका लागि भीमदत्त नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

भीमदत्त नगरपालिकाले कार्यपालिका सदस्य देवकोटालाई नगद ५१ हजार सहयोग गर्ने निर्णय भएको नगर प्रवक्ता महेन्द्र खड्काले बताए । भदौ २७ गते संघको अधिवेशनमा निर्वाचन समितिका सदस्य देवकोटामािथ एमाले पार्टी कार्यालयमा आक्रमण गरिएको थियो ।

काठमाडौंमा उपचार गराई रहेको देवकोटाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको आफन्तले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...