
महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ कटानबाट खैरो हेरोईन सहित एक जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट पुष्पलाल चोकको टोलीले ७० मिलिग्राम हेरोइन सहित भीनपा १३ का २७ वर्षीय सञ्जय साउदलाई बुधबार दिउँसो पक्राउ गरेको छ ।
प्रहरीले बा.४९ प ५४४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपररले जनाएको छ ।
