ghar sansar

सुप विश्वविद्यालयमा क्याम्पसम्मै फैलियो तालाबन्दी, टिकापुर बहुमुखी क्याम्पस अनिश्चितकाल बन्द

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयबाट सुरु तालाबन्दी आङ्गिक क्याम्पससम्म फैलिएको छ । कैलालीको टिकापुरस्थित टिकापुर बहुमुमखी क्याम्पसमा तालाबन्दी गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टिकापुर बहुमुखीमा स्ववियुले आफ्ना माग सम्बोधन नगरेको भन्दै कृषि विज्ञान संकाय विभागीय प्रमुख र डिनको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्ले गरेको विभागीय र क्याम्पस प्रमुख नियुक्तिको निर्णय खारेजीको माग राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राप्रविसंले साउन पहिलो साता केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।

विद्यार्थी संगठनले भदौ १० गतेसम्म नियुक्ति खारेजी नभए आन्दोलनलाई कडा बनाउने चेतावनी दिई सकेको छ ।

एकीकृत समाजवादी सम्बद्ध अनेरास्वियवुले परीक्षा नियन्त्रण कार्यालय र केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । अनेरास्ववियुले परीक्षा नियन्त्रणमा गरेको तालाबन्दी पनि महिना दिन पुग्नै लागेको छ ।

विश्वविद्यालय नेतृत्व तालाबन्दी खोल्न अहिलेसम्म औपचारिक रुपमा छलफल समेत गरेको छैन । राप्रपाको विद्यार्थी संगठन राप्रविसंका सुदूररपश्चिम अध्यक्ष प्रेम रावलले विश्वविद्यालय नेतृत्वले अहिलेसम्म आपूहरुसित कुराकानी नगरेको बताए ।

Himal dental
सम्बन्धित
Loading...