जिमुवा घट्ना छानबिन गरी शिक्षक कुटपिटमा संलग्नलाई कारवाही गर्न प्याब्सन कञ्चनपुरको माग

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय संगठन .(प्याब्सन) कञ्चनपुरले सिद्धनाथ माध्यमिक विद्यालय जिमुवाका शिक्षक विरेन्द्र प्रसाद जोशीमाथि भएको घट्नाको छानबिन गरी संलग्नललाई कारवाही गर्न माग गरेको छ ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट र सचिव राकेश बहादुर चन्दले बिहीबार विज्ञप्ति जारी शिक्षक जोशीमाथि भएको कुटपिटको निन्दा गर्दै छानबिनको माग गरेका छन् ।

विद्यालयमा अध्ययनरत छात्राले यौन दुव्र्यवहार आरोप लगाएका जोशीलाई प्रहरीले हत्केडी लगाएर नियन्त्रणमा लिएपछि विद्यालयभित्र पसेको भीडले कुटपिट गरेको थियो ।

कुटपिटबाट गम्भीर घाइते जोशीको धनगढीस्थित निसर्ग हस्पिटलमा आइसियुमा राखेर उपचार भई रहेको छ ।

सम्बन्धित
Loading...