पुनर्वासबाट खैरो हिरोइन सहित दुई जना पक्राउ

महेन्द्रनगर । पुनर्वासबाट लागु औषध सहित दुई युवक पक्राउ परेको छन् । पुर्नवास नगरपालिका ११ डोके बजारका २० वर्षीय सुमित चौधरी र सोही ठाउँका १९ वर्षीय जोगराज चौधरी बिहीवार पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरीको टोली र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले दोदा पुल स्थित हुलाकी सडक खण्डमा चेकजाँच गर्दा ७ सय ७० मिलिग्राम लागुऔषध (खैरो हिरोइन) सहित उनीहरुलाई पत्रलाउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सम्बन्धित
Loading...