प्रहरी स्कुलकी शिक्षिका मृत भेटिएपछि माओवादी केन्द्रका विद्यार्थी नेता पक्राउ

महेन्द्रनगर । कैलालीको धनगढस्थित दिपेन्द्र प्रहरी स्कुलकी शिक्षिका राजेश्वरी डडाल मृत्यु भेटिएपछि माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका विद्यार्थी नेता जगदीश कोट्टारी पक्राउ परेका छन् ।

दार्चुलाको मार्मा गाउँपालिका–६ की २२ वर्षिया डडाल मृत भेटिएपछि उनको परिवारले कोट्टारी विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए । घर परिवारको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दार्चुलाको मार्मास्थित लटिनाथ क्याम्पसका स्ववियु सभापति कोट्टारी मृतक युवतकीका प्रेमिका भएको खुलेको छ ।

धनगढी उपमहानगरपालिका–३ को चटकपुरमा बिहीबार बिहान शिक्षिका डडाल मृत भेटिएकी थिएन। उक्त घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए। कोट्टारीले लामो समयदेखि युवतीलाई यातना दिदै आएको परिवारका सदस्यहरुले जनाएका छन्।

सम्बन्धित
Loading...