ghar sansar

सुदूरपश्चिममा सीटीईभीटीका ५ शिक्षण संस्थाले पाएनन् डिप्लोमा तथा प्रमाणपत्र तहको सिट

dirghayu ad
dirghayu clinic

महेन्द्रनगर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन÷स्वीकृति पाएका सुदूरपश्चिमका ५ शिक्षण संस्था डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट पाउन सकेका छैनन् ।

सीट नपाउनेमा देशभरका ४९ कलेजमध्ये सुदूरपश्चिमका ५ सहित कोशी प्रदेशमा ७, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ६ लुम्बिनी प्रदेशमा १२ र कर्णाली प्रदेशमा २ शिक्षण संस्था छन् ।

ratnam malkhad

ती शिक्षा संस्थामा भीमदत्त नगरपालिका–४ को सामुदायिक स्वास्थ्य इन्ष्टिच्युट, कैलाली टिकापुर–१ को सामुदायिक स्वास्थ्य इन्ष्टिच्युट र पद्मा हेल्थ कलेज धनगढीले सामान्य चिकित्सामा सिट नपाएका हुन्।

यस्तै, धनगढीको सामुदायिक सेवा सहयोग संस्थानले आयुर्वेद सामान्य चिकित्सा, धनगढी–५ को एकिकृत सामुदायिक विकास तालीम केन्द्रले रडियोग्राफीको डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षाका लागि सिट नपाएका हुन्।

सीटीईभीटीले एक सूचना प्रकाशित गर्दै स्वास्थ्यतर्फको शिक्षण संस्थाहरुको चिकित्सा शिक्षा आयोगबाट ४९ कलेजको सिट स्वीकृत नभएको जनाएको छ ।

आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका १९६ वटा कलेजका लागि विभिन्न विषयमा सिट निर्धारण गरेको छ ।

आयोगले सीटीईभीटीलाई पठाएको विवरणका आधारमा सिट निर्धारणका विषयमा निर्णय गरेको हो । आयोगको बैठकले सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयको सिट निर्धारणका विषयमा निर्णय गरेको हो ।

यसअघि सीटीईभीटीले आयोगसँग परामर्श नै नगरी आफूखुसी भर्ना खुला र शुल्क समेत तोकेको थियो । त्यसपछि आयोगले पत्र काट्दै चिकित्सा शिक्षा ऐन अनुसार काम अगाडि बढाउनका अनुरोध गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...