ghar sansar

कञ्चनपुरमा पूर्वाधार कार्यालयका तीन सय बढी योजना अलपत्र, ४६ करोड फ्रिज

khasi

महेन्द्रनगर । कञ्चनपुरमा तीन सय ८ पूर्वाधार विकासका योजना अलपत्र अवस्थामा छन् । गत आर्थिक वर्षभित्र निर्माण भइ सक्न पर्ने ती योजना चालु आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्नै लाग्दा समेत निर्माणले गति लिन सकेको छैन् । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका लागि आर्थिक वर्ष २०७९÷८० मा सडक तथा पुल निर्माणका लागि एक अर्ब २७ करोड बजेट विनियोजन गरिएको थियो ।

तर ४१ योजनामा भने झण्डै एक अर्ब खर्च भएको देखिएको छ । ती योजनाको काम पूरा गर्न ९९ करोड ६८ लाख लगानी भएको सूचना अधिकारी देव बडालले बताए। स्थानीय स्तरका सडक तथा पुलको संघीय ससर्त अनुदानमा ५० करोड बजेट विनियोजन गरिएकोमा चार करोड ९८ लाख रुपैयाँ खर्च भएको छ।

dirghayi clinic

सम्भावित रणनीति सडकको दुई करोड ८० लाखमध्ये दुई करोड ५३ लाख खर्च भएको छ । तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत पाँच करोड तीन लाख बजेट विनियोजन भएकोमा खर्च ३६ लाख ८५ हजार मात्र भएको देखिएको छ। सम्भावित प्रादेशिक सडक अन्तर्गत ६ करोड ८५ हजार बजेट विनियोजन गरिएकोमा दुई करोड ४७ लाख, सडक तथा पुल निर्माणका लागि आएको एक अर्ब ४७ करोडमा एक अर्ब एक करोड खर्च भएको छ।

त्यस्तै सडक तथा पुल निर्माणका लागि आएको ३६ करोड ७२ लाख ३४ हजार २६ फ्रिज भएको छ। स्थानीयस्तरका सडक तथा पुलको संघीय ससर्त अनुदानका लागि आएको बजेटबाट एक लाख ९० हजार फ्रिज भएको छ भने सम्भावित रणनीति सडकको बजेटबाट २६ लाख ३७ हजार फ्रिज भएको छ ।

त्यस्तै तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमको चार करोड ६६ लाख, सम्भावित प्रादेशिक सडकको चार करोड ३७ लाख तथा सडक तथा पुल निर्माणका लागि आएको ४६ करोड पाँच लाख रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको पूर्वाधार विकास कार्यालयको तथ्यांकले देखाएको छ।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...