ghar sansar

लेखापाल कुटपिट प्रकरण : भोलिदेखि भीमदत्तका सबै शिक्षण संस्था बन्द

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल विरेन्द्र जोशीमाथि एक साता अघि कुटपिटको घट्नालाई लिएर आइतबारदेखि भीमदत्तका सबै शिक्षण संस्था बन्दको घोषणा गरिएको छ ।

भीमदत्त नगरपालिका स्तरीय आन्दोलन परिचालन समितिले शनिबार विज्ञप्ति जारी गरी घट्नाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीका लागि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्दको घोषणा गरेको छ ।

,orning glory badhai

निर्वाचन परिचालन समितिका संयोजक धर्मानन्द जोशीले प्रेषित विज्ञप्तिमा लेखापाल जोशीमाथि कुटपिटमा संलग्न सबै पक्राउ नगरिएको तथा पक्राउ गरिएकालाई पनि कानुनी कारवाही नगरिएकोमा असन्तुष्टि जनाउँदै सत्यतथ्य छानबिन नभएसम्मका लागि विद्यालय बन्द गरिएको उल्लेख गरिएको छ ।

सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्राले यौन दुव्र्यवहारको आरोप लगाएपछि प्रहरीले नियन्त्रणमा लिएका जोशीमाथि भदौ ३ गते निर्घात कुटपिट भएइको थियो । कुटपिटबाट गम्भीर घाइते जोशीको धनगढीस्थित निसर्ग अस्पतालमा आइसियुमा राखेर उपचार भई रहेको छ ।

dirghayi clinic

लेखापाल जोशीको परिवारले कुटपिटमा संलग्न रहेको आरोपमा ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका छन् । किटानी परेकामध्ये हालसम्म चार जना पक्राउ परे पनि अन्य फरार छन् ।

जिल्ला प्रहरी कार्यालयमा जोशी विरुद्ध पनि छात्राको परिवारले जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयले ती दुबै जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको बताउँदै आएको छ ।

पालिका स्तरीय आन्दोलन परिचालन समितिले आन्दोलनलाई थप सशक्त बनाउने समितिका संयोजक जोशीले बताए ।

समितिले भीमदत्त नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई सहितका निकायमा ज्ञापन बुझाउन र आन्दोलनका थप कार्यक्रम सम्बन्धि छलफलका लागि आइतबार विहान १० बजे विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी सबैलाई भीमदत्त नगरपालिका कार्यालयमा उपस्थितिका लागि आग्रह गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...