ghar sansar

लेखापाल कुटपिट विरुद्ध सोमबारदेखि कञ्चनपुरका सबै शिक्षण संस्था ठप्प

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कार्यरत लेखापाल विरेन्द्रप्रसाद जोशी कुटपिट घटनालाई लिएर शिक्षक सम्वद्ध संगठनहरुले आइतबारदेखि भीमदत्त नगरपालिकका सबै विद्यालय बन्द गरेका छन् ।

गत आइतबार विद्यालय परिसरभित्रै पसेर आक्रमण गर्नेहरुमाथि प्रहरीले कारबाही गर्न आनाकानी गरिरहेकोले विद्यालय बन्द गरिएको ती संगठनहरुको भनाई छ ।

lotus institite

शिक्षकहरुले विद्यालयभित्रै हतकडी लगाएर नियन्त्रणमा लिइएका शिक्षकलाई सुरक्षा दिन नसक्ने प्रहरीमाथि पनि कारबाहीको माग शिक्षक संगठनहरुले गरेका छन् ।

विद्यालयमै अध्ययनरत छात्रामाथि दूव्र्यवहार गरेको आरोप लगाउदै शिक्षकसमेत रहेका लेखापाल जोशीमाथि कुटपिट गरिएको थियो। गम्भीर घाइते जोशीको उपचार चलिरहेको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको र अरु केही फरार रहेको जनाएको छ।

यसैबीच सोमबारदेखि जिल्लाभरका शिक्षण संस्था बन्द गर्ने घोषणा गरिएको छ । शिक्षक दिवाकर जोशीले सोमबारदेखि जिल्लाभरका विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...