ghar sansar

अनिश्चिकालिन विद्यालय बन्द गरी शिक्षकहरु धर्नामा

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । शिक्षण संस्था अनिश्चतकालिन बन्द गरी आन्दोलित शिक्षकहरुले प्रशासन कार्यालयको प्रवेशद्वारमा धर्ना दिएका छन् । महेन्द्रनगर बजारमा विहान प्रदर्शन गरी उनीहरु प्रशासन कार्यालय अघि धर्ना बसेका हुन् ।

भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखापाल वीरेन्द्र जोशीमाथि भदौ ३ गते विद्यालयमा भएको कुटपिटमा संलग्न र उनलाई पक्राउ पर्ने सुरक्षाकर्मीलाई कारवाहीको माग गर्दै शिक्षक आन्दोलित भएका छन् । प्रहरीले कार्यकक्षबाट हत्केडी लगाएर बाहिर ल्याएपछि जोशीमाथि निर्घात कुटपिट भएको थियो ।

,orning glory badhai

सोमबार बिहान ९ बजेदेखि ¥याली प्रदर्शन गरी प्रशासन कार्यालय पुगेका शिक्षकहरुले संलग्नलाई कारवाहीको माग गरेका छन् ।

आइतबार भीमदत्त नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई केन्द्र, प्रशासन तथा जिल्ला समन्वय समिति सहितका निकायमा ज्ञापन पत्र बुझाएर शिक्षकमाथि कुटपिट गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेका छन भने सोमवारदेखि भरीका विद्यालयहरु वन्द गर्दै महेन्द्रनगरमा विरोध र्यालि निकालेका छन ।
कञ्चनपुरमा १ सय २८ सामुदायिक तथा निजी विद्यालय छन् ।

dirghayi clinic

सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशी र कक्षा १०मा अध्ययनरत छात्राविच सिँढी चढ्ने र ओर्लिने क्रममा एक आपसमा ठोक्किएको विषय अहिले चरम उत्कर्षमा पुगेको हो ।

आन्दोलनमा सहभागी शिक्षिक रमा उपाध्ययले छात्रामाथि घट्ना भएको भए पनि छानबिन भएर ठोष प्रमाणित भए सजाय हुने कानुनी व्यवस्थाको धज्जी उठाउँर्दै विद्यालयभित्र प्रहरी नियन्त्रणमा शिक्षक कुटपिट गरिनु गम्भीर भएको बताइन् ।

नेपाल शिक्षक संघ, कञ्चनपुरका उपाध्यक्ष नविन सिह धामीले प्रहरी नियन्त्रणमा रहेका शिक्षकलाई कुटपिट गरिनु गम्भीर अपराध भएकाले छानबिन गरी कारवाही गरिनु पर्ने बताए ।

दुवैका तर्फबाट आएको उजुरी दर्ता भएको र शिक्षक का तर्फवाट कुटपिटमा संलग्न ८ जना मध्ये ४ जनलाई बुधवार र ३ जनालाई आईतवार) पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश डाँगीले बताए ।

दुवै पक्षबाट मुद्दा दायर भएर कानुनी रुपमा कार्बाही प्रक्रिया अघि बढेकाले बाँकी विद्यार्थीको भविष्यलाई मध्य नजर गर्दै पठनपाठनको वातावरण सृजना गरि दिन विद्यार्थी, अभिभावक, शिक्षक एव सरोकारवाला पक्षसंग आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...