ghar sansar

कञ्चनपुरमा डेंगुबाट एकको मृत्यु, ७१ जना संक्रमित

महेन्द्रनगर । बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट सोमबार राति मृत्यु भएको छ ।

बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेको थियो ।

भारतबाटै डेङ्गुको सङ्क्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुननसकेको वडाध्यक्ष रानाले बताए । डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।

कञ्चनपुरमा डेंगुबाट मृत्यु भएको पहिलो घट्ना हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा ७१ जना डेंगु संक्रमित छन् ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख उद्धव सिह ठगुन्नाका अनुसार उनीहरु सबै साउनदेखि भदौ ११ गतेसम्म भेटिएका विरामी हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार महाकाली प्रादेशिक अस्पतालमा गरिएको जाँचमा सबैभन्दा बढी ५४ जनामा संक्रमण देखिएको छ । यसै मन्त्र हस्पिटलमा गरिएको जाँचमा ११, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका १÷१ तथा दोधारा चाँदनी र पुनर्वास नगरपालिका २÷२ जना संक्रमित देखिएका छन् ।

कार्यालयका निमित्त प्रमुख ठगुन्नाले डेंगु नियन्त्रणका लागि सोमबार स्वास्थ्य विभागको महानिर्देशक सहित सबै स्थानीय तहका प्रमुखसित छलफल गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...