ghar sansar

भीमदत्तका महत्वपूर्ण तीन शाखा अधिकृत विहीन

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका मुद्दाले भीमदत्त नगरपालिकाका प्रशासन, शिक्षा र लेखा शाखा अधिकृत बिहीन बनेका छन् । विशेष अदालतमा मुद्दा दायर भएपछि कर्मचारी स्वतः निलम्बन पर्ने भएकाले ती शाखा अधिकृत विहीन भएका छन् ।

भीमदत्तमा शिक्षा, युवा तथा खेलकूद शाखा यस अघि नै अधिकृत विहीन भएको थियो । अख्तियारले मंगलबार विशेष अदालतमा दायर गरेको रोयल्टी छुट सम्बन्धि मुद्दा दायर गरेपछि प्रशासन र लेखा शाखा अधिकृत विहीन भएका छन् ।

यस अघि दायर मुद्दामा प्रशासनका दुई अधिकृत निलम्बनमा परेपछि भट्टलाई प्रशासनको जिम्मेवाररी दिइएको थियो । यसैगरी आर्थिक प्रशासन शाखाका लेखा अधिकृत र लेखापाल दुबै निलम्बनमा परेपछि राजश्व शाखाका भण्डारीलाई लेखा अधिकृतको जिम्मेवारी दिइएको थियो ।

भीमदत्तमा हालसम्म १० कर्मचारी निलम्बनमा परेका छन् । प्रशासन समूहका अधिकृत नभएपछि स्वास्थ्य समूहका कर्मचारीले निमित्त प्रशासकीयको जिम्मेवारी वहन गर्दै आएका छन् ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली पनि सरुवाका लागि काठमाडौं धाइ रहेका छन् । केही दिन काठमाडौ बसेर फर्किएका उनी फेरि गएका छन् । भीमदत्तमा उनी अघिल्लो पटक सरुवा गराउन काठमाडौं गएको चर्चा चलेको थियो ।

भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य पदमराज अवस्थीले कर्मचारी नभए नगरपालिकालाई कामकाज गर्न नसकिने अवस्था आउने बताए ।

Himal dental
सम्बन्धित
Loading...