ghar sansar

जिमुवा घट्नामा शिक्षक महासंघका माग पूरा गर्ने सहमतिपछि आन्दोलन फिर्ता, भोलिदेखि विद्यालय खुल्ने

Amity

महेन्द्रनगर । सिद्धनाथ माध्यमिक विद्यालय जिमुवाका लेखापाल विरेन्द्र प्रसाद जोशीमाथि भएको घट्नालाई लिएर आन्दोलित शिक्षक महासंघले अघि सारेका सबै माग पूरा गर्ने सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा मंगलबार प्रशासन र शिक्षक महासंघबीच भएको वार्तामा छलफल भएर माग सम्बोधन गर्ने सहमति भएको हो ।

भदौ ३ गते विद्यालयमा प्रहरी नियन्त्रणमा रहेका लेखापाल जोशीमाथि निर्घात कुटपिटको घट्ना भएपछि शिक्षक महासंघले त्यसमा संलग्न सहित सुरक्षाकर्मीमाथि कारवाहीको माग गर्दै जिल्लाव्यापी शिक्षण संस्था बन्द गरी आन्दोलनमा उत्रिएको थियो ।

lotus institite

प्रशासनले सोमबार आन्दोलनरत महासंघलाई वार्ताका लागि बोलाए पनि लिखित पत्र नआएको भन्दै अस्वीकार गरिएको थियो । मंगलबार शिक्षकहरु धर्नाका लागि प्रशासन कार्यालय पुगेपछि प्रशासनले वार्ताका लागि लिखित पत्र पठाएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव उत्तम विष्टले शिक्षक महासंघले उठाएका सबै माग पूरा गर्ने सहमति भएपछि शिक्षण संस्था बन्दको कार्यक्रम स्थगित भएको बताए ।

‘प्रशासन कार्यालयमा भएको वार्तामा महासंघले अघि सारेका सबै माग पूरा गर्ने सहमति भएको छ, त्यस अनुसार आन्दोनलका कार्यक्रम फिर्ता भएका छन्’ उनले भने ।

प्रशासन कार्यालयमा वार्ताको क्रममा कुटपिटमा संलग्न र सुरक्षाकर्मीमाथि कारवाहीको विषयमा तत्काल सहमति भए पनि पीडित जोशीको उपचार खर्चका कारण वार्ता लम्बिएको थियो । शिक्षक महासंघले वार्तामा राखेको जोशीको सबै उपचार खर्च व्यहोर्न पर्ने मागलाई प्रशासनले असहमति जनाएको थियो ।

प्रशासन र महासंघबीच उपचार खर्चले सहमति जुट्ने अवस्था नआएपछि भीमदत्त नगरपालिका र जिल्ला समन्वय समितिले उपचार खर्चमा सहयोग गर्ने प्रतिवद्धता जनाएपछि सहमति बनेको हो ।

बैठकमा सहभागी महासंघका एक सदस्यका अनुसार भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले तत्काल उपचार खर्च वापत ५० हजार दिने निर्णय गरिएको छ ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहराले सबै स्थानीय तहबाट २० हजारका दरले सहयोग संकलन गर्ने निर्णय भएको ती सदस्यले बताए ।

प्रशासन कार्यालयले जोशीमाथि निर्घात कुटपिटमा सुरक्षाकर्मीबाट त्रुटी भएको स्वीकार गर्र्दै छानबिन गरी कारवाही गर्ने सहमति भएको छ । प्रशासन कार्यालयले यस अघि सुरक्षा कमजोरीको छानबिन गरी सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा समिति गठन गरि सकेको छ । समितिमा जनपद, सशस्त्र र राष्ट्रिय अनुसन्धानका प्रमुख सदस्य छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सीताराम विष्ट नेतृत्वको प्रहरी टोलीले कार्यकक्षबाट हत्केडी लगाएर नियन्त्रणमा लिई सकेपछि जोशीमाथि निर्घात कुटपिट भएको थियो ।

घट्नामा संलग्न विरुद्ध जोशी परिवार र विद्यालयले ज्यान मार्ने उद्योगमा छुट्टाछुट्टै जाहेरी दिएका छन् । प्रहरीमा जाहेरी नाम किटान गरेकामध्ये हालसम्म नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा, दीर्घराज पाण्डेय, मनिष विष्ट, दीपक भण्डारी तथा भिडिओमा देखिएका मनोज नाथलाई पक्राउ गरिसकेको छ । जाहेरीमा परेका करन मल्ल र मनोज तिरुवा फरार छन् ।

साउन ३० गते विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि विद्यालयभित्र पसेको भीडले जोशीमाथि कुटपिट गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...