एमालेभित्र धाँजा फाटि सक्यो, कही न कही विष्फोट हुन्छ : प्रचण्ड

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र ठूलो धाँजा परेको टिप्पणी गरेका छन् । बिहीबार कर्णालीको सुखेर्तमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले एमालेमा नेता कार्यकर्ताको ठूलो पंक्ति हैरान भएर विस्फोटको स्थितिमा पुगेको बताएका हुन् ।

‘नाम लिएर धेरै भन्दिनँ, आफूलाई धेरै ठूलो पार्टी भन्ने हाम्रा प्रतिपक्षभित्र यति ठूलो धाँजा परेको छ । नेताहरुको विशाल पंक्ति कार्यकर्ताको विशाल पंक्ति हैरान, परेसान भएर कहिँ न कहिँ विस्फोट हुने स्थितिमा पुगेको छ’ उनले भने ।

एमालेभित्र विस्फोट भएपछि कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट ध्रुवीकृत हुने विश्वास रहेको पनि प्रचण्डले बताए । आफू नेतृत्वको सरकारले राम्रो काम गर्दै गएपछि आलोचना गर्ने केही नपाएर समाजवादी मोर्चा बन्नेवित्तिकैदेखि यसको विरोध सुरु भएको प्रचण्डले बताए ।

सम्बन्धित
Loading...